Janakpurdham
Tue, Mar 18, 2025
`

‘सरकारी अस्पतालमा लामो समय लाइन बस्नुपर्ने बाध्यता हट्छ, उच्चस्तरीय टोली काम थालिसक्यो’

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १० : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने बाध्यता चाँडै हट्ने बताएका छन्।

सोामबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य मन्त्रलयको विनियोन शीर्षको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सेवा लिन लामो लाइन बस्नु पर्ने बाध्यता हटाउन उच्चस्तरीय टोली गठन भएको, टोली काम पनि थालिसकेको बताए।

सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको बताउँदै उनले बाँकी लागू गर्ने क्रममा रहेको जानकारी दिए

मन्त्री यादवले उपत्यकाका ठुला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने र विस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको पनि जानकारी गराए।

मन्त्री यादवले मिर्गौला सम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको पनि जानकारी गराए।

साभार : काठमाडौं प्रेस

`
12 comments
धनुषाको भठिहनमा प्रहरीको गोली लागेर एक जना घाइते

धनुषा, चैत ४ : धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज(सोमबार) पनि झडप भएको छ। दुई ..

18 घन्टा पहिले

जनताप्रति जिम्मेवार हुनेगरी संघीयता कार्यान्वयनमा ध्य..

ललितपुर, चैत ४ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउ..

18 घन्टा पहिले

धनुषाको सबैला नगरपालिकामा दुई पक्षबीच झडप, प्रहरीले चला..

धनुषा, चैत ३ : धनुषाको सबैला नगरपालिकामा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। नगरपालिकामा ..

2 दिन पहिले

अनुगमनपछि दुई क्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले..

सप्तरी, चैत ३ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आज राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन गरे..

2 दिन पहिले

जनकपुरधाममा होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको म..

जनकपुरधाम ,चैत २ गते । होली खेल्ने क्रममा विवाद भएपछि छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट जनकप..

3 दिन पहिले