‘सरकारी अस्पतालमा लामो समय लाइन बस्नुपर्ने बाध्यता हट्छ, उच्चस्तरीय टोली काम थालिसक्यो’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार १० : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने बाध्यता चाँडै हट्ने बताएका छन्।
सोामबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य मन्त्रलयको विनियोन शीर्षको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सेवा लिन लामो लाइन बस्नु पर्ने बाध्यता हटाउन उच्चस्तरीय टोली गठन भएको, टोली काम पनि थालिसकेको बताए।
सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको बताउँदै उनले बाँकी लागू गर्ने क्रममा रहेको जानकारी दिए
मन्त्री यादवले उपत्यकाका ठुला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने र विस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको पनि जानकारी गराए।
मन्त्री यादवले मिर्गौला सम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको पनि जानकारी गराए।
साभार : काठमाडौं प्रेस
कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा
काठमाडौं, भदाै २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक..
20 घन्टा पहिले
डब्लुएचओबाट साइमा वाजेदको राजीनामा
काठमाडौं, भाद्र २६ गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (..
20 घन्टा पहिले
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट ..
काठमाडौं, भाद्र २६ गते । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभ..
20 घन्टा पहिले
पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्..
काठमाडौं, भदाै २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग ह..
2 दिन पहिले
उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारि..
काठमाडौं, भदौ २५ : नयाँ उद्योग मन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बाले..
2 दिन पहिले