
जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य : सभापति देउवा
10 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,मंसिर ११ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद हुनेहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको बताउनुभएको छ ।
जनकपुरधाम–२५, लोहनामा नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका पूर्व सदस्य स्वर्गीय अरविन्द ठाकुरको अर्ध कदको शालिक अनावरण गर्दै उहाँले लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि काँग्रेसको सशस्त्र आन्दोलनको क्रममा बम प्रहार गर्नका लागि खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताउनुभएका स्वर्गीय ठाकुर जस्ता नेताका कारण नै मुलुकमा संघीय लोकतान्त्रिक अभ्यासमा हामीहरू रहेको बताउनुभयो ।
उहाँले मुलुकमा विभिन्न परिवर्तनको लागि सहिद भएका र जेलनेल सहितको यातना पाएकाहरूको कारणले धेरै परिवर्तनहरू भएको बताउँदै जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताउनुभयो ।
नेपाली काँग्रेसका पूर्व उपसभापति एवं नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक शासन व्यवस्थाका लागि ठूलो योगदान दिनुभएका स्वर्गीय नेता अरविन्द ठाकुरको सपना साकार पार्न संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेपाली काँग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाहरूको निर्माणका साथै जनतालाई धेरै अधिकार दिएको बताउँदै अहिले पनि देश तथा मधेशको हित चाहने पार्टी काँग्रेस नै भएको दाबी गर्नुभयो ।
नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधान सभाका सदस्य रश्मि ठाकुर, नेपाली काँग्रेस प्रदेश सभापति कृष्ण प्रसाद यादव, प्रतिमा निर्माणमा बजेट दिनुभएका पूर्व मन्त्री रामसरोज यादव, नेपाली काँग्रेस जनकपुरधाम नगर सभापति मनोज कुमार साहले पनि बोल्नुभएको थियो ।

करिब २५ लाखको लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमा सहितको संरचना निर्माण भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति देउवाले स्वर्गीय ठाकुरका धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
साभार : रेडियो नेपाल

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
6 घन्टा पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
7 घन्टा पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
1 दिन पहिले
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..
काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..
1 दिन पहिले
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
2 दिन पहिले