Janakpurdham
Sun, Feb 15, 2026
`

शिक्षा सुधार गर्न तत्काल ऐन ल्याउनुको विकल्प छैन : मन्त्री भट्टराई

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, मंसिर २० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधि, विद्यालय,बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै शिक्षा मन्त्री भट्टराईले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षा ऐन वर्तमानलाई भन्दा पनि भविष्यलाई सोचेर बनाउन आवश्यक रहेको बताइन् । उनले शिक्षा ऐन तत्काल समितिमा सहमति गरी कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड दिइन् ।

उनले शिक्षा ऐन चाँडै बनाउनको लागि सर्वप्रथम सांसदहरुले तदारुकता देखाउन आवश्यक रहेको भन्दै त्यसको लागि मन्त्रालयले गर्नुपर्ने हरेक विषयमा सहजिकरण गर्न तयार रहेको बताइन् । उनले शिक्षा ऐनलाई वर्तमान अवस्थालाई मात्रै सोचेर बनाउँदा भावी दिनमा ऐन कार्यान्वयनमा समस्या आउने भन्दै भविष्यलाई समेत सोचर ऐन बनाउनुपर्नेमा जोड दिइन् ।

 शिक्षामन्त्री भट्टराईले २०२८ सालको शिक्षा ऐनमा पछि पनि सरकारले २०७५ सालमा अनिवार्य निःशुल्क शिक्षा ऐन बनाएको बताइन् । उनले अनिवार्य निःशुल्क शिक्षा ऐनले निःशुल्क र अनिवार्य मात्रै गर नभनेको भन्दै संघीयताअनुसार तीन तहहरुबीचको समन्वयका विषयमा पनि स्थानीय,प्रदेश र संघ समन्वय भएमात्रै शिक्षा सुदृढ हुने विषय समावेश रहेको बताइन् ।

उनले विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको भएपनि स्थानीय तहलाई बलियो, सुदृढ बनाउने र उत्तरदायी बनाउने दायित्व प्रदेश र संघको भएको बताइन् । उनले अनिवार्य निःशुल्क शिक्षा ऐनले व्यवस्था गरेका धेरै विषयलाई लागू गर्दा मात्रै पनि मुलुकको शिक्षा धेरै व्यवस्थित गर्न सकिने बताइन् ।


साभार ः नेपाल प्रेस

`
12 comments
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहल..

काठमाडौं ,फाल्गुन २ गते ।  महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहल..

7 घन्टा पहिले

जसपा नेपालका वरिष्ठ उपाध्यक्ष चौधरी र लोसपाका महासचिव म..

सर्लाही ,फाल्गुन २ गते । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय नेताहरू नेपाली क..

7 घन्टा पहिले

लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहमा ..

काठमाडौं ,फाल्गुन २ गते । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्..

7 घन्टा पहिले

त्रिभुवन विमानस्थलभित्र एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं, माघ २९ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्..

2 दिन पहिले

वानखेडेमा नेपाल स्तब्ध, इटालीसँग १० विकेटले पारजित

काठमाडाैं, माघ २९ ः टि–२० विश्वकपमा नेपालले लागतार दोस्रो हार व्यवहोरोको छ। पहिलो खेलमा इंग्ल्यान्डसँग जित..

2 दिन पहिले