पत्रकार महासंघको चुनावमा कांग्रेसनिकट युनियन र एमालेनिकट चौतारीको गठबन्धन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, ,मंसिर २४ गते । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ। काठमाडौँमा एक कार्यक्रमबीच सोमबार शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।
शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुन्। शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन्।
यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासङ्घको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
साभार ः काठमाडौं प्रेस
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहल..
काठमाडौं ,फाल्गुन २ गते । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहल..
6 घन्टा पहिले
जसपा नेपालका वरिष्ठ उपाध्यक्ष चौधरी र लोसपाका महासचिव म..
सर्लाही ,फाल्गुन २ गते । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय नेताहरू नेपाली क..
6 घन्टा पहिले
लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहमा ..
काठमाडौं ,फाल्गुन २ गते । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्..
6 घन्टा पहिले
त्रिभुवन विमानस्थलभित्र एक महिनाका लागि निषेधाज्ञा
काठमाडौं, माघ २९ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्..
2 दिन पहिले
वानखेडेमा नेपाल स्तब्ध, इटालीसँग १० विकेटले पारजित
काठमाडाैं, माघ २९ ः टि–२० विश्वकपमा नेपालले लागतार दोस्रो हार व्यवहोरोको छ। पहिलो खेलमा इंग्ल्यान्डसँग जित..
2 दिन पहिले