अनुगमनपछि दुई क्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले दिए निर्देशन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सप्तरी, चैत ३ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आज राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिएको राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न उनले निर्देशन दिए।
यस्तै, राजविराजमा सञ्चालन हुँदै आएको भारती इमेजिङ सेन्टरलाई सेवा सञ्चालन अनुमतिपत्र नरहेकाले बन्द गर्न निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले जानकारी दिए।
स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेका तर मापदण्ड पूरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ।
सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताल नवीकरण नगरिएकाले दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ।
यसैगरी, २०० शय्याको छिन्नमस्ता अस्पताललाई सरसफाइमा ध्यान दिन र राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालको सेवा गुणस्तर बढाउन तथा उचित जनशक्ति व्यवस्थापनमा ध्यान दिन मुख्यमन्त्री सिँहले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको सदस्यसचिव ठाकुरले बताए।
सङ्घ सरकार मातहत सञ्चालित गजेन्द्रनारायण सिँह अस्पतालमा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेका, बिदा स्वीकृति नगरी केही जनशक्ति अनुपस्थित रहेका र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी कमी आएको जस्ता समस्या देखिएका छन्।
मुख्यमन्त्री सिँहले सो अस्पतालमा देखिएका समस्या समाधानका लागि सङ्घीय स्वास्थ्यमन्त्रीसँग आग्रह गरिने बताए।
साभार : काठमाडौं प्रेस
गृहमन्त्री गुरुङ निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्र..
रौतहट, असार ३० : मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ। जनकपुरबाट क..
10 घन्टा पहिले
आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्..
काठमाडौं, असार ३० : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समय..
10 घन्टा पहिले
‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’
जनकपुरधाम, असार २९ गते । राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा मधेश प्र..
1 दिन पहिले
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा ..
काठमाडौं, असार २९ : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ..
1 दिन पहिले
स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..
काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..
2 दिन पहिले
-
आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल
-
‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन
-
स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रित होस् : प्रदीप पौडेल