गरिबी तथा अशिक्षाका कारण ग्रामीण क्षेत्रमा मोतियाविन्दु रोगीको सङ्ख्या उल्लेख्य
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,वैशाख ५ गते । गरिबी तथा जनचेतनाका कारणले तराई मधेशका जिल्लाहरूमा मोतियाविन्दु जस्ता रोगको उपचार गर्नबाट वञ्चित हुनेको सङ्ख्या धेरै छ ।
कहिलेकहीँ विभिन्न सामाजिक संघ संस्था, सरकारी निकायले मोतियाविन्दुको निःशुल्क शिविरको आयोजना गर्दा गाउँ घरमा अत्यधिक सङ्ख्यामा मोतियाविन्दुका रोगीहरू फेला पर्ने गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको ग्रामीण वडाका रुपमा रहेको वडा नंं १६ ले वडा कार्यालयले कार्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा जाँचका लागि आउने मध्ये ३३ प्रतिशतमा मोतियाविन्दु फेला परेको छ ।
कूल १ सय ६२ जनाको आँखा परीक्षण गर्दा ६० जनामा मोतियाविन्दु भएको पाइएको छ । मोतियाविन्दु भएका सबै जनाको निःशुल्क रुपमा नै शल्यक्रिया आज गरिने वडाका वडाध्यक्ष रामचन्द्र पञ्जियारले जानकारी दिनु भएको हो । नेपाल रेडक्रस जानकी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको भएको छ ।
बढी उमेर, खेतमा बढी समयसम्म काम गर्ने र मधुमेह रोगका कारणले मोतियाविन्दु रोग हुने गरेको जानकी आँखा अस्पतालका प्रमुख एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. अशिष बोहोराले जानकारी दिनुभयो । समयमै मोतियाबिन्दुको शल्यक्रिया नगराइए फुटेर आँखाको नशामै समस्या आउने उहाँले बताउनुभयो ।
साभार : रेडियो नेपाल
कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा
काठमाडौं, भदाै २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक..
20 घन्टा पहिले
डब्लुएचओबाट साइमा वाजेदको राजीनामा
काठमाडौं, भाद्र २६ गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (..
20 घन्टा पहिले
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट ..
काठमाडौं, भाद्र २६ गते । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभ..
20 घन्टा पहिले
पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्..
काठमाडौं, भदाै २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग ह..
2 दिन पहिले
उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारि..
काठमाडौं, भदौ २५ : नयाँ उद्योग मन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बाले..
2 दिन पहिले