गौरको घटना रोक्न प्रशासनको प्रयास जारी, झडप हुने क्षेत्रमा थप सेना परिचालन
2 महीना पहिले प्रकाशित
Esandhyakalin
रौतहट, फागुन ९ : रौतहट सदरमुकाम गौर नगरपालिकाको घटना रोक्न स्थानीय प्रशासनले प्रयास गरिरहेको छ।
गौरलगायतको क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू लगाएतर सुरक्षाकर्मी परिचालन गरिएको छ।
कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएको छैन। जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको देखिएको छ।
गौरको मुख्य सडक शान्त देखिए पनि भित्रि क्षेत्रको अवस्था अझै तनावग्रस्त छ। हालसम्म आधा दर्जन सवारीमा क्षति पुगेको बताइएको छ।
जिल्ला प्रशासन रौतहटले पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरेको छ।
गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि तनाव सुरु भएको हो । मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो।
साभार : काठमाडौं प्रेस
मधेशका ६ कारागारमा क्षमता बन्दा बढी कैदी बन्दी
जनकपुरधाम , चैत्र २८ गते । मधेश प्रदेशका ६ जिल्लामा रहेका कारागारहरूमा आवश्यकता भन्दा बढी कैदी बन्दी भएका कारणले ..
21 घन्टा पहिले
श्रममन्त्रीमा रामजी यादव र उद्योगमन्त्रीमा गौरीकुमारी ..
काठमाडौं, चैत २७ : प्रधानमन्त्री बालेन्द्र शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री श..
1 दिन पहिले
नवनिर्वाचित उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ..
काठमाडौँ , चैत्र २७ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसमक्ष नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले ..
1 दिन पहिले
सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
गोलबजार (सिरहा), चैत्र २६ गते। यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको ..
3 दिन पहिले
प्रधानमन्त्रीलाई नै श्रम मन्त्रीको कार्यभार
काठमाडौँ , चैत्र २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्र..
3 दिन पहिले