Janakpurdham
Wed, Jul 15, 2026
`

फिफा विश्वकप २०२६ स् हर्क र कमल थापाको रोजाइ रोनाल्डो, महरको समर्थन ब्राजिललाई

1 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २८ : फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन्।

बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका समर्थक रहेको बताए।

‘जसले जिते पनि हुन्छ, जित्नेलाई समर्थन गर्ने हो । तर मलाई रोनाल्डो मन पर्छ, त्यसैले म रोनाल्डोलाई बढी समर्थन गर्छु,’ उनले भने।

उता नेकपा एमालेका नेता ऐन महरले आफू लामो समयदेखि फुटबलप्रेमी रहेको बताउँदै विश्वकपका लागि सबै टोलीलाई शुभकामना व्यक्त गरे। 

‘करिब २८ वर्षदेखि फुटबल हेर्दै आएको छु। यो मेरो अत्यन्त मनपर्ने खेल हो। अघिल्ला धेरै प्रतियोगिताका खेलहरू पनि सकेसम्म नछुटाई हेर्ने गरेको छु। सबै टोलीलाई शुभकामना दिन चाहन्छु,’ उनले भने। 

महरले आफूले लामो समयदेखि ब्राजिललाई समर्थन गर्दै आएको उल्लेख गर्दै विश्व फुटबलका स्थापित खेलाडीहरूप्रति सम्मान व्यक्त गरे। उनले मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी भएकाले अहिले युवा खेलाडि लामिन यमालाई समर्थन गर्ने बताए।

‘मेरो समर्थन सधैं ब्राजिललाई नै रहन्छ। मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी हुन्। उहाँहरूले फुटबलमा ठूलो योगदान पुर्याउनुभएको छ । अहिले भने लामिन यमालले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यी सबै खेलाडीप्रति मेरो उच्च सम्मान छ,’ उनले भने।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले पनि आफ्नो समर्थन पोर्चुगललाई रहेको जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले रोनाल्डोलाई समर्थन गर्ने जनाएका हुन्। 

‘म त तयार भएँ। यसपालिको मेरो फेभरेट टिम पोर्चुगल रोनाल्डो,’ उनले फेसबुकमा लेखेका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले फुटबलबारे आफूलाई धेरै जानकारी नभएको स्वीकार गर्दै खेलप्रति भने सकारात्मक रहेको बताए । उनले आफू फुटबलको ज्ञानभन्दा पनि राजनीतिको ज्ञानमा बढी चासो भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी रवि लामिछाने भएको बताए।

‘फुटबलको सन्दर्भमा म सबैको पक्षमा छु। धेरै ज्ञान त छैन, थाहा नभएको विषयमा धेरै बोल्नु पनि हुँदैन। केही खेलाडीहरूको नाम सुनेको छु । तर फुटबलको ज्ञानभन्दा राजनीतिको ज्ञानमा बढी चासो हुने भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी त रवि लामिछाने नै हुन्,’ उनले भने।

फिफा विश्वकपलाई लिएर सर्वसाधारणदेखि राजनीतिक नेतृत्वसम्मको बढ्दो चासोले नेपालमा पनि फुटबलप्रतिको आकर्षण झन् बढ्दै गएको देखिन्छ। आयोजक मध्धेको एक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
गृहमन्त्री गुरुङ निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्र..

रौतहट, असार ३० : मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ।  जनकपुरबाट क..

10 घन्टा पहिले

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्..

काठमाडौं, असार ३० : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समय..

10 घन्टा पहिले

‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’

जनकपुरधाम, असार २९ गते । राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा मधेश प्र..

1 दिन पहिले

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा ..

काठमाडौं, असार २९ : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ..

1 दिन पहिले

स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..

काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..

2 दिन पहिले