Janakpurdham
Sat, Sep 12, 2026
`

बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री नेपालीका लागि दुर्भाग्य हो : झक्कु सुवेदी

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २८ : नेपाली कम्युनिस्टपार्टी (नेकपा)का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुका साथै आमनागरिकसमक्ष माफी माग्नुपर्ने बताए। उनले देशको प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए। 

सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो? भन्दै अध्यक्षमार्फत प्रश्न गरे । 

‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठूलो दुर्भाग्य हो। नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ। अध्यक्ष महोदय मात्रृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन,’ उनले भने।  

मुलुकको निर्माण पुर्खाको बलिदान र संघर्षबाट भएको उल्लेख गर्दै उनले राष्ट्र र राष्ट्रियतामाथि कुनै पनि तहबाट आघात पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी दिए।

साभार ः काठमाडौं प्रेस

`
12 comments
कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा

काठमाडौं, भदाै २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक..

14 घन्टा पहिले

डब्लुएचओबाट साइमा वाजेदको राजीनामा

काठमाडौं, भाद्र २६ गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (..

14 घन्टा पहिले

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट ..

काठमाडौं, भाद्र २६ गते ।   विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभ..

14 घन्टा पहिले

पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्..

काठमाडौं, भदाै २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग ह..

2 दिन पहिले

उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारि..

काठमाडौं, भदौ २५ : नयाँ उद्योग मन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बाले..

2 दिन पहिले