‘देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्दैछ’
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २८ : श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्क साम्पाङले देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्ने बताएका छन्। बुधबार विज्ञप्ति निकालेर उनले यस्तो बताएका हुन्।
नेपालले पनि धेरै ठाउँहरुमा भारतको सिमाना मिचेको छ भन्ने प्रधामन्त्री बालेन शाहको भनाई राष्ट्रघाती भएको बताउँदै उनले यसले नेपालको राष्ट्रिय स्वाभिमान गिरेको महसुस भएको उल्लेख गरेका छन्।

‘सार्बभौमसत्ता भन्दा ठूलो कुनै विषय बन्न सक्दैन, बन्नु हुँदैन। यथार्थमा दशकौंदेखि हाम्रो सिमाना भारतले मिच्दै आइरहेको छ, प्रधानमन्त्री आफैंले नेपालले पनि धेरै ठाउँहरुमा भारतको सिमाना मिचेको छ भन्नु राष्ट्रघाती छ र यसर तथ्यहीन अभिव्यक्तिले हाम्रो राष्ट्रिय स्वाभिमान गिरेको महसुस भएको छ,’ उनले भनेका छन्।
अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले बोलेको कुरा सच्चाउनु पर्छ भन्ने मागसहित असहमति व्यक्त गरिरहँदा बुधबार संसद्मा विरोध गरेको स्मरण गरेका छन्। उनले संसदको मर्यादा र गरिमा दिनदिनै खस्कँदै गइरहेको बताएका छन्।
‘लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोतिएको छ । यो अत्यन्तै निन्दनीय व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ,’ उनले भनेका छन्, ‘यसो हुनुमा सभामुखको कमजोरी नै प्रमुख कारण रहिआएको छ।’
साभार ः काठमाडौं प्रेस

भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल ग..
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाही..
5 घन्टा पहिले
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। उनको जावलाखेलस्थित हेलिअस ..
5 घन्टा पहिले
मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भ..
जनकपुर, साउन ११ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गत..
1 दिन पहिले
देवानगञ्ज घटना : प्रदर्शन लौकही र इनरुवासम्म प्रदर्शन
सुनसरी, साउन ११ : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपको घटनामा स्थानीयको मृत्..
1 दिन पहिले
चैते धान उत्पादनमा जोड दिन मन्त्री चौधरीको निर्देशन
जनकपुर, साउन १० : कृषि, वना तथा पर्यावरणमन्त्री गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, ह..
2 दिन पहिले