Janakpurdham
Sun, Aug 09, 2026
`

मालदह आँपको मूल्य बढ्यो

1 महीना पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा ,असार २१ गते । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन् ।

दुई साताअघिसम्म रु १०० मा साढे दुई केजी आँप बिक्री भइरहेकामा अहिले प्रतिकेजी रु १०० मा भइरहेको छ । किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाएको तर आफूहरूले भने मूल्य नपाएको किसानको गुनासो छ । 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवले बजार मूल्य बढे पनि त्यसको लाभ किसानले नपाएको बताउनुभयो । उहाँले किसानबाट सस्तोमा खरिद गरिएको आँप बजारमा महँगो मूल्यमा बिक्री भइरहेकाले प्रभावकारी बजार अनुगमन र मूल्य व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानले बगैँचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताउनुभयो ।

उहाँले शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो ।

आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह आँप अब करिब १० दिनसम्म मात्रै उपलब्ध हुनेछ । त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन् ।


साभार ः रेडियो नेपाल

`
12 comments
अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्..

काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस..

2 घन्टा पहिले

सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं, साउन २३ : मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।&nbs..

2 घन्टा पहिले

सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

1 दिन पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

1 दिन पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले