Janakpurdham
Thu, Sep 18, 2025
`

गुल्सन भन्छन्- आफूले चाहेकोभन्दा पनि टीमको रोल के हो त्यसमा जानुपर्छ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,फागुन १९ गते ।  अघिल्ला खेलमा जम्न नसकेका नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले नेदरल्यान्ड्सविरुद्ध विजयी इनिङ खेले । नेदरल्यान्ड्सविरुद्ध गुल्सनले कप्तान रोहित पौडेलसँग मिलेर ८७ रनको साझेदारी गरेका थिए ।

अघिल्ला खेलमा माथिल्लो क्रममा ब्याटिङ गर्न आएका गुल्सन नेदरल्यान्ड्सविरुद्ध चौथो नम्बर ब्याटिङ गर्न आएका थिए । उनले नेपाललाई ३६ बलमा ३८ रन योगदान दिए ।

ब्याटिङ अर्डरको विषयमा गुल्सनले आफूले चाहने भन्दा पनि टीमको रोलअनुसार खेल्नेपर्ने बताए । ‘आफूले चाहेको भन्दा पनि टिमको रोल के हो त्यसमा जानुपर्छ । खेलभन्दा पहिले सबै खेलाडीको रोल के हो क्लियर हुन्छ,’ उनले भने ।

नराम्रो खेलेको बेला सबैले मोटिभ गर्ने गरेको गुल्सनले सुनाए । उनले भने, ‘खेलाडीको रूपमा मलाई बुझ्नुपर्छ सधैँ राम्रो हुँदैन । नराम्रो भएको बेला दाइहरूसँग कुरा गर्दै उहाँले कन्फिडेन्स दिनुभएको थियो ।’

साभार : नेपाल प्रेस

`
12 comments
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

15 घन्टा पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

16 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

2 दिन पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

2 दिन पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

3 दिन पहिले