Janakpurdham
Wed, Oct 29, 2025
`

बलिउडको सबैभन्दा धनी भिलेन बन्दै बबी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी ,

मुम्बई ,चैत १८ गते । बलिउड स्टार बबी देओलले फिल्म ‘एनिमल’ मा खलनायक अबरारको भूमिका निभाएका छन् । फिल्म मात्र होइन बबीको यो चरित्रलाई पनि दर्शकले निकै मन पराएका छन् ।

बलिउडका हि–म्यान भनेर चिनिने दिग्गज अभिनेता धर्मेन्द्रका छोरा बबीको लोकप्रियता पछिल्लो समय निकै बढेको छ । उनले ‘आश्रम’देखि ‘एनिमल’सम्म धेरै फिल्म र शृङ्खलाहरूमा दमदार अभिनय गरेका छन् ।

उनले आफ्नो आगामी फिल्ममा खलनायकको भूमिका निर्वाह गर्दै फेरि करोडौँको कमाई गर्न लागेका हुन् । अहिले उनको कुल सम्पत्ति करिब ६७ करोड रुपैयाँ छ । उनी अहिले खलनायकको भूमिका निर्वाह गर्दै बलिउडका सबैभन्दा धनी अभिनेता हुन् । आगामी दिनमा उनी धेरै फिल्म र वेब सिरिजमा खलनायक बन्न लागेका छन् ।

वाईआरएफ स्पाई युनिभर्स
बबी देओल पनि वाईआरएफको जासूस ब्रह्माण्डमा प्रवेश गरेका छन्। उनी यस फिल्ममा अभिनेत्री आलिया भट्टसँग नकारात्मक भूमिकामा देखिनेछन् । बबीले यही वर्षको अगस्टमा यो फिल्मको सुटिङ सुरु गर्न सक्नेछन् ।

कङ्गुवा
दक्षिण भारतीय स्टार सूर्यासँग बबी देओलको यो पहिलो फिल्म हुनेछ । यसमा उनी खतरनाक भिलेनको भूमिकामा देखिनेछन् । चलचित्र यो वर्ष रिलिज हुनेछ।

हरि हरा वीर मल्लू
साउथ इन्डियन स्टार पवन कल्याणको आगामी प्रोजेक्टमा बबी देओल पनि छन् । बबीलाई यो तेलुगु फिल्ममा औरंगजेबको भूमिकामा देख्न सकिन्छ ।

आर्यन खानको चलचित्र
बबी देओलले बलिउडका किङ खान शाहरुखका छोरा आर्यन खानको डेब्यु फिल्म पनि साइन गरेका छन् । यो कुरा कफी विथ करण शोमा खुलासा भएको हो । यसमा पनि उनी नकारात्मक भूमिकामा छन् ।

आश्रम-४
बबी देओलको यो वेब सिरिजले उनको कमब्याकमा धेरै मद्दत गर्‍यो । यसमा बबीले बाबा निरालाको भूमिका निर्वाह गरेका छन् । आश्रमको सिजन ४ मा पनि उनी आफ्नो चरित्रलाई अगाडि बढाउँदै देखिनेछन् । आश्रम–४’ छिट्टै रिलिज हुँदैछ ।

साभार : रातोपाटी


`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

52 मिनट पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

54 मिनट पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

24 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

24 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले