Janakpurdham
Thu, Oct 23, 2025
`

यस वर्ष २ ब्लकबस्टर फिल्म दिइसकेका शाहरूख खानको तेस्रो फिल्म डंकीको ट्रेलर सार्वजनिक

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,मंसिर १९ गते ।  २०२३ सालमा दुई वटा ठूला ब्लकबस्टर फिल्म दिएपछि शाहरुख खान आफ्नो तेस्रो फिल्मबाट धमाका गर्न तयार छन् । उनको अर्को फिल्म ‘डंकी’ को ट्रेलर आएको छ र यस पटक शाहरुख फरक अवतारमा देखिएका छन् ।फिल्ममा उनीसँगै तापसी पन्नु, विक्की कौशल, विक्रम कोचर र अनिल ग्रोवरको पनि महत्वपूर्ण भूमिका छ । निर्माताहरूले यसअघि डंकीको प्रोमो पनि सेयर गरेका थिए जसमा सबै कलाकारहरू देखिएका थिए। तर अब ट्रेलरमा ‘डंकी’ को कथा अलि बढी देख्न सकिन्छ । चलचित्रको कथा टाइम लीप हो र यो २५ वर्ष पहिले सुरु भई हालसम्म पुग्नेछ ।ट्रेलरमा ‘डंकी’ को कथा सन् १९९५ बाट सुरु हुन्छ र शाहरुखसहित सबै कलाकार युवा भूमिकामा देखिएका छन् । रमाइलो ढंगले सुरु भएको कथा बिस्तारै गम्भीर विषयमा परिणत हुँदै आधुनिक युगमा पुग्छ जहाँ शाहरुख बूढो देखिन्छन् ।पञ्जाबको लाल्टु इलाकामा लण्डन जाने क्रेजमा ५ युवायुवती अङ्ग्रेजी कक्षा लिइरहेको देखिएका छन् । राजकुमार हिरानीको फिल्ममा सधैं देखिने बोमन इरानी यसपटक अंग्रेजी शिक्षकको भूमिकामा देखिएका छन् ।बल्ली (अनिल ग्रोभर) कपाल काट्ने सैलुनमा काम गर्छन् र बग्गु (विक्रम कोचर) कपडा पसलमा काम गर्छन्। विक्की कौशलको क्यारेक्टर सुखी लन्डन गएर जागिर पाउने सपना देखिरहेको छ तर अंग्रेजीमा कमजोर छ । यी सबैसँगै तापसी मन्नुको भूमिकामा छिन् । शाहरुखसँग उनको रोमान्टिक एङ्गल छ ।‘डंकी’ को ट्रेलरले यी पाँचका लागि अंग्रेजी सिक्नु ठूलो चुनौती बनेको देखाएको छ । उनीहरूलाई भिसा प्राप्त गर्न कठिनाइ हुन्छ र लन्डनको उनीहरूको सपना अड्किएको छ।अन्ततः, शाहरुखले अंग्रेजी नजानेर पनि लन्डन जान सक्ने बाटो खोज्छन्। यो लन्डन जाने अवैध बाटो हो जसलाई ‘डंकी’ भनिन्छ ।‘डिंकी’ को ट्रेलरको एउटा विशेषता भनेको राजकुमार हिरानीले फिल्म समस्यामा पर्नुको कारण अर्थात् कथाको द्वन्द्वबारे खुलासा गरेका छैनन् । ट्रेलरमा लन्डन जान लागेका यी युवाहरु कुनै न कुनै समस्यामा परेको संकेत देखाइएको छ । तर हार्डी (शाहरुख) अर्थात् हरदयाल सिंह ढिल्लन त्यहाँबाट बच्न सफल हुन्छन् । र, ३० वर्षपछि उनले आफ्ना साथीहरूलाई बचाउने जिम्मेवारी लिएका छन् ।साभार : डिसी नेपाल

`
12 comments
जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

4 घन्टा पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

4 घन्टा पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

17 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

17 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

2 दिन पहिले