Janakpurdham
Wed, Jul 15, 2026
`

नास्टलाई ४० करोडको बजेट स्वीकृत

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानको ४४ औं प्राज्ञ सभाले आर्थिक वर्ष २०७७/०७८का लागि ४० करोडको बजेट स्वीकृत गरेको छ ।

नेपाल सरकारको ३९ करोड ८ लाख, वैदेशिक तथा अन्य सहयोगबाट २१ लाख ९५ हजार तथा आन्तिरक स्रोतबाट ७० लाख गरेर कूल ३९ करोड ९९ लाख ९५ हजारको प्रस्तावित कार्यक्रम बजेटलाई स्वीकृति दिने निर्णय गरेको हो ।

प्राज्ञ सभाले प्रतिष्ठानको प्रदेश तहमा विशिष्टता सहितको अनुसन्धान केन्द्र स्थापना एवं सञ्चालन नियमावली सम्बन्धी मस्यौदालाई २ महिनाभित्र परिमार्जन गरी ४५औं प्राज्ञ सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्राज्ञ सभामा नास्टका उपलकुलपति सुनिलबाबु श्रेष्ठले सेन्टर्स अफ एक्सिलेन्स, प्रविधि परीक्षण एवं सर्टिफिकेसन केन्द्रको स्थापना, राष्ट्रिय विज्ञान, प्रविधि, नवप्रवर्तन ज्ञान केन्द्रको स्थापना गर्नुका साथै लोबुचेस्थित पिरामिड प्रयोगशालालाई अन्तराष्ट्रिय उच्च पर्वतीय अनुसन्धान केन्द्रमा रुपान्तरण गरी सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

यसैबीच, नास्टको ४४औं प्राज्ञ सभाले २०७७ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्राज्ञ सभाले पोखरेलसहित विज्ञान प्रविधिका ११ भिन्न विधाका १७ व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । जस अनुसार डब्लूडब्लूएफलाई प्रकृति संरक्षण पुरस्कार, राष्ट्रिय आविष्कार केन्द्रलाई कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, वातावरण अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठलाई विज्ञान पुरस्कार, शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनलाई प्रविधि पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

`
12 comments
गृहमन्त्री गुरुङ निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्र..

रौतहट, असार ३० : मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ।  जनकपुरबाट क..

10 घन्टा पहिले

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्..

काठमाडौं, असार ३० : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समय..

10 घन्टा पहिले

‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’

जनकपुरधाम, असार २९ गते । राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा मधेश प्र..

1 दिन पहिले

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा ..

काठमाडौं, असार २९ : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ..

1 दिन पहिले

स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..

काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..

2 दिन पहिले