
नास्टलाई ४० करोडको बजेट स्वीकृत
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
_1619861506.jpg)
काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानको ४४ औं प्राज्ञ सभाले आर्थिक वर्ष २०७७/०७८का लागि ४० करोडको बजेट स्वीकृत गरेको छ ।
नेपाल सरकारको ३९ करोड ८ लाख, वैदेशिक तथा अन्य सहयोगबाट २१ लाख ९५ हजार तथा आन्तिरक स्रोतबाट ७० लाख गरेर कूल ३९ करोड ९९ लाख ९५ हजारको प्रस्तावित कार्यक्रम बजेटलाई स्वीकृति दिने निर्णय गरेको हो ।
प्राज्ञ सभाले प्रतिष्ठानको प्रदेश तहमा विशिष्टता सहितको अनुसन्धान केन्द्र स्थापना एवं सञ्चालन नियमावली सम्बन्धी मस्यौदालाई २ महिनाभित्र परिमार्जन गरी ४५औं प्राज्ञ सभामा पेश गर्ने निर्णय गरेको छ ।
प्राज्ञ सभामा नास्टका उपलकुलपति सुनिलबाबु श्रेष्ठले सेन्टर्स अफ एक्सिलेन्स, प्रविधि परीक्षण एवं सर्टिफिकेसन केन्द्रको स्थापना, राष्ट्रिय विज्ञान, प्रविधि, नवप्रवर्तन ज्ञान केन्द्रको स्थापना गर्नुका साथै लोबुचेस्थित पिरामिड प्रयोगशालालाई अन्तराष्ट्रिय उच्च पर्वतीय अनुसन्धान केन्द्रमा रुपान्तरण गरी सञ्चालनमा ल्याउने योजना रहेको बताए ।
यसैबीच, नास्टको ४४औं प्राज्ञ सभाले २०७७ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्राज्ञ सभाले पोखरेलसहित विज्ञान प्रविधिका ११ भिन्न विधाका १७ व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । जस अनुसार डब्लूडब्लूएफलाई प्रकृति संरक्षण पुरस्कार, राष्ट्रिय आविष्कार केन्द्रलाई कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, वातावरण अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठलाई विज्ञान पुरस्कार, शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनलाई प्रविधि पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा ..
काठमाडौं, भदौ १७ : राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा पारित भएको छ। मंगलबार बसेको सभाको बैठ..
4 घन्टा पहिले
संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री ..
काठमाडौं, भदौ १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्रै सञ्चार क्षेत्रको का..
4 घन्टा पहिले
भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्..
पर्सा, भदौ १६ : गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक..
1 दिन पहिले
देशको समृद्धिका लागि भौतिक विकास मात्र पर्याप्त होइन : र..
काठमाडौं, भदौ १६ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, सं..
1 दिन पहिले
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदीबीच अनौप..
चीन भदौ १५ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । ..
3 दिन पहिले