Janakpurdham
Thu, Oct 23, 2025
`

दीपिकाले वुमन फाइटरको अपमान गरेको आरोप

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी,मुम्बई मंसिर २७ गते । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित आगामी फिल्म ‘फाइटर’ पछिल्लो समय चर्चामा छ । फिल्मलाई भारतीय पहिलो एरियल फिल्म दाबी गरिएको छ । हालै फिल्मको टिजर समेत सार्वजनिक भएको थियो । फिल्मको एरियल एक्सन दृश्यले कतिपयको फिल्मप्रति ध्यान तानेको छ । कतिपयले दीपिकाको दृश्यको चर्चा गरेका छन् । सामाजिक संजालमा दीपिका ट्रोल समेत बनिरहेकी छन् ।कतिपयले त दीपिकाले फिल्मको माध्यमबाट फाइटरको अपमान गरेको आरोप लगाएका छन् । कयौँ सामाजिक प्रयोगकर्ताले उनको किसिङ र बिकनी दृश्यमा प्रश्न उठाएका छन् ।एक सामाजिक प्रयोगकर्ता लेख्छन्, ‘फाइटरको टिजरले फाइटरकै अपमान गर्दैछ । हरेक देश र क्लयरको एक मान्यता हुन्छ । हाम्रो कुनैपनि बहादुर भारतीय एयरफोर्स वुमन पाइलटलाई यो प्रस्तुति दिने छुट छैन ।’ 
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई आशा छ तपाईको भित्र केही शर्म बचेको होला । हरेक फिल्ममा तपाई महिलालाई तल गिराई रहनु भएको छ । बाहिरको मतलव छैन, कमसेकम वुमन फाइटरलाई त बदनाम नगर्नुस् ।’यस अगाडि फिल्म ‘पठान’मा दीपिकाको अरेन्ज बिकिनी बिवादमा परेको थियो । यो फिल्ममा उनको भुमिकामै प्रश्न उठेको छ ।सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरी २०२४ मा रिलिज हुनेछ । फिल्ममा ऋतिक र दीपिकाको अलवा अनिल कपुर, करण सिंह ग्रोवर, सान्दीदा शेख र अक्षय ओबरोयको अभिनय देख्न सकिन्छ । साभार : रातोपाटी

`
12 comments
जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

4 घन्टा पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

4 घन्टा पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

18 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

18 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

2 दिन पहिले