Janakpurdham
Thu, Oct 23, 2025
`

‘इक्कीस’मा वरुण धवनको ठाउँमा अमिताभ बच्चनका नाति अगस्तय

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

नयाँ  दिल्ली,पुष २ गते ।  अमिताभ बच्चनका नाति अगस्तय नन्दा छिटै नै ठुलो पर्दामा डेब्यू गर्दैछन् । अगस्त्यले जोया अख्तरको निर्देशनमा बनेको फिल्म आर्चिजबाट एक्टिङ करियरको डेब्यू गरेका थिए । आर्चिज ओटीटीमा रिलिज भएको थियो । फिल्ममा उनको शानदार अभिनय देखेर श्रीराम राघवनले आफ्नो फिल्म ‘इक्कीस’मा अगस्त्यलाई लिएका छन् । यो फिल्ममा उनले साइन गर्ने बित्तिकै सुटिङ सुरु भइहाल्ने बताइएको छ । भारतीय मिडियाका अनुसार अगस्त्यले यो फिल्ममा वरुण धवनलाई रिप्लेस गरेका हुन् ।निर्देशक राघवनले फिल्ममा अगस्त्यलाई काष्ट गर्न लागेको पूष्टि गरिसकेका छन् । फिल्मको सुटिङ सुरु पनि भइसकेको बताइएको छ । अगस्त्यको रोल नभएको फिल्मको पहिलो शेड्युल सुट भइसकेको छ । दोस्रो शेड्यूलको सुट चाहिँ राघवनको आगामी फिल्म मेरी क्रिसमस रिलिज भएपछि सुरु हुने बताइएको छ । मेरी क्रिसमस जनवरी १२ मा रिलिज हुँदैछ । यसपछिको सुटिङमा अगस्त्य नन्दा पनि आउने बताइएको छ ।इककीस परमवीर चक्रले सम्मानित लेफ्टिनेन्ट अरुण खेत्रपालको बायोपिक हो । यो फिल्मको घोषणा खेत्रपालको ६९ औँ जन्मदिनको बेलामा सन् २०१९ मै भएको थियो । त्यति बेला फिल्ममा खेत्रपालको भूमिका वरुणले गर्ने बताइएको थियो । तर कोभिडका कारण फिल्म रोकियो । हालै बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जन्मदिनको बेलामा मेकरहरुले फिल्मको स्टारकाष्टको घोषणा गरेका थिए । यो घोषणामा वरुण धवनको ठाउँमा अगस्त्य नन्दाको नाम लिइएको थियो । फिल्ममा अगस्त्य बाहेक धर्मेन्द्र र जयदीप अहलावतको मुख्य भूमिका रहने बताइएको छ । साभार : रोतोपाटी

`
12 comments
जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

4 घन्टा पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

4 घन्टा पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

17 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

17 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

2 दिन पहिले