‘इक्कीस’मा वरुण धवनको ठाउँमा अमिताभ बच्चनका नाति अगस्तय
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
नयाँ दिल्ली,पुष २ गते । अमिताभ बच्चनका नाति अगस्तय नन्दा छिटै नै ठुलो पर्दामा डेब्यू गर्दैछन् । अगस्त्यले जोया अख्तरको निर्देशनमा बनेको फिल्म आर्चिजबाट एक्टिङ करियरको डेब्यू गरेका थिए । आर्चिज ओटीटीमा रिलिज भएको थियो । फिल्ममा उनको शानदार अभिनय देखेर श्रीराम राघवनले आफ्नो फिल्म ‘इक्कीस’मा अगस्त्यलाई लिएका छन् । यो फिल्ममा उनले साइन गर्ने बित्तिकै सुटिङ सुरु भइहाल्ने बताइएको छ । भारतीय मिडियाका अनुसार अगस्त्यले यो फिल्ममा वरुण धवनलाई रिप्लेस गरेका हुन् ।निर्देशक राघवनले फिल्ममा अगस्त्यलाई काष्ट गर्न लागेको पूष्टि गरिसकेका छन् । फिल्मको सुटिङ सुरु पनि भइसकेको बताइएको छ । अगस्त्यको रोल नभएको फिल्मको पहिलो शेड्युल सुट भइसकेको छ । दोस्रो शेड्यूलको सुट चाहिँ राघवनको आगामी फिल्म मेरी क्रिसमस रिलिज भएपछि सुरु हुने बताइएको छ । मेरी क्रिसमस जनवरी १२ मा रिलिज हुँदैछ । यसपछिको सुटिङमा अगस्त्य नन्दा पनि आउने बताइएको छ ।इककीस परमवीर चक्रले सम्मानित लेफ्टिनेन्ट अरुण खेत्रपालको बायोपिक हो । यो फिल्मको घोषणा खेत्रपालको ६९ औँ जन्मदिनको बेलामा सन् २०१९ मै भएको थियो । त्यति बेला फिल्ममा खेत्रपालको भूमिका वरुणले गर्ने बताइएको थियो । तर कोभिडका कारण फिल्म रोकियो । हालै बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जन्मदिनको बेलामा मेकरहरुले फिल्मको स्टारकाष्टको घोषणा गरेका थिए । यो घोषणामा वरुण धवनको ठाउँमा अगस्त्य नन्दाको नाम लिइएको थियो । फिल्ममा अगस्त्य बाहेक धर्मेन्द्र र जयदीप अहलावतको मुख्य भूमिका रहने बताइएको छ । साभार : रोतोपाटी

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
19 घन्टा पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
19 घन्टा पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
2 दिन पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
2 दिन पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
3 दिन पहिले
-
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
-
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री
-
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
-
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’