Janakpurdham
Thu, Oct 23, 2025
`

आईपीएल इतिहासकै महंगा खेलाडी बने पाट कमिन्स, कुन टिमले कतिमा किन्यो ?

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ,पुष ३ गते ।अस्ट्रेलियाका विश्वकप विजेता कप्तान पाट कमिन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् ।आज दुबईमा जारी आईपीएलको खेलाडी अक्सनमा पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आईपीएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो ।यसअघि २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पञ्जाव किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो भने २०२३ मै अस्ट्रेलियाका क्यामरुन ग्रीनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाखमा र चेन्नई सुपर किंग्सले २०२३ मै इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।जारी अक्सनमा अहिलेसम्म न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रलाई चेन्नई सुपर किंग्सले रविन्द्रलाई एक करोड ८० लाख भारुमा किनेको छ । त्यस्तै जारी खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रदुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरंगालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्टइन्डिजका रोभमन पावेललाई ५.४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।साभार : विकास टाइम्स

 

`
12 comments
जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

4 घन्टा पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

4 घन्टा पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

18 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

18 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

2 दिन पहिले