सलमानका भाइ अरबाजले गरे बिबाह
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मुम्बइ,पुष ९ गते । बलिउड अभिनेता अरबाज खानको भव्य विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको छ। कलाकार अरबाज खानले मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह गरेका हुन्। यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित धेरै स्टार अर्पिताको घर पुगेका थिए।अरबाज र शौराको विवाहको लागि सलमान खानकी बहिनी अर्पिता खानको घरलाई सुन्दर ढंगले सजाइएको थियो। अरबाज र शौरा बाहेक अहिले पूरै खान परिवार विवाहलाई विशेष र यादगार बनाउनको लागि अर्पिताको घरमा उपस्थित भएका हुन्। समाचारका अनुसार यस स्टार जोडीको विवाहमा गायिका हर्षदीप कौर पनि उपस्थित भएर भव्य प्रस्तुति दिएका छन्।यसका लागि सलमान खान, सलिम खान र उनका दुई श्रीमती, नायिका रविना टण्डन, राशि थडानी र सोहेल खान पनि अरबाजको विवाहमा सहभागी हुन पुगेका थिए।यसबाहेक सलमान खानकी प्रेमिका युलिया पनि अर्पिताको घर पुगेकी छिन्, जसले कालो लेहेंगा लगाएकी थिइन्। अरबाजकी बहिनी अलविरा पनि पति अतुलसँग विवाहमा सहभागी हुन पुगेकी थिइन्।सो विवाहपछि अभिनेत्री रविना टण्डनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन्। जसमा उनी अरबाज खानसँग नाच्दै देखिएकी छिन्।अरबाजले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शौरा खानसँग विवाह गरेका हुन्। जहाँ दुलही शौरा हिजाब लगाएर पुगेकी थिइन्। शौरा खानले हल्का गुलाबी रंगको भारी गाउन लगाएकी छिन्।जसमा जरीको काम भएको छ। शौराले गाउनसँगै हिजाब पनि लगाएकी छिन्। हालै सार्बजनिक भिडियोमा उनी कारबाट ओर्लिएर अर्पिता खानको घर भित्र पसेको देखिन्छ।साभार : डिसी नेपाल

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
19 घन्टा पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
19 घन्टा पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
2 दिन पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
2 दिन पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
3 दिन पहिले
-
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
-
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री
-
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
-
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’