जापान भूकम्प अपडेट : मृतकको संख्या ३० पुग्यो, नेपालीको अवस्थाबारे बुझ्दै एनआरएनए
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
एजेन्सी, टोकियो, पुष १७ गते । जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । भूकम्पले सबै भन्दा बढी क्षति पुर्याएको इशिखावा प्रिफेक्चरमा मात्रै ३० जनाको मृत्यु भएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार वाजिमा शहरमा १५ जना, सुजु शहरमा ६, नानाओ शहरमा ५, अनामिजु शहरमा २, हाकुई शहर र शिगा टाउनमा १-१ गरी ३० जनाको मृत्यु भएको छ ।उद्धार कार्य चलिरहेकाले क्षतिको यकिन विवरण आइनसकेको अधिकारीहरूले जनाएका छन् । आज बिहान पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।भूकम्प र सुनामीका कारण घाइतेको संख्या अहिलेसम्म यकिन छैन । यसैबीच, भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीका बारेमा सूचना संकलन भइरहेको एनआरएनए जापानले जनाएको छ ।‘हामी त्यस क्षेत्रमा रहेका नेपालीको पछिल्लो अवस्था बुझ्ने प्रयास गरिरहेका छौं’, गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नवीन निउरेले भने ‘अहिलेसम्मको सूचनाअनुसार सबै सुरक्षित रहेको भन्ने छ ।’साभार : नेपाल प्रेस

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
19 घन्टा पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
19 घन्टा पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
2 दिन पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
2 दिन पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
3 दिन पहिले
-
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
-
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री
-
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
-
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’