Janakpurdham
Wed, Oct 22, 2025
`

जापान भूकम्प अपडेट : मृतकको संख्या ३० पुग्यो, नेपालीको अवस्थाबारे बुझ्दै एनआरएनए

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी, टोकियो, पुष १७ गते । जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । भूकम्पले सबै भन्दा बढी क्षति पुर्‍याएको इशिखावा प्रिफेक्चरमा मात्रै ३० जनाको मृत्यु भएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार वाजिमा शहरमा १५ जना, सुजु शहरमा ६, नानाओ शहरमा ५, अनामिजु शहरमा २, हाकुई शहर र शिगा टाउनमा १-१ गरी ३० जनाको मृत्यु भएको छ ।उद्धार कार्य चलिरहेकाले क्षतिको यकिन विवरण आइनसकेको अधिकारीहरूले जनाएका छन् । आज बिहान पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।भूकम्प र सुनामीका कारण घाइतेको संख्या अहिलेसम्म यकिन छैन । यसैबीच, भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीका बारेमा सूचना संकलन भइरहेको एनआरएनए जापानले जनाएको छ ।‘हामी त्यस क्षेत्रमा रहेका नेपालीको पछिल्लो अवस्था बुझ्ने प्रयास गरिरहेका छौं’, गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नवीन निउरेले भने ‘अहिलेसम्मको सूचनाअनुसार सबै सुरक्षित रहेको भन्ने छ ।’साभार : नेपाल प्रेस



`
12 comments
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

7 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

7 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

1 दिन पहिले

लक्ष्मी पूजामा झिलिमिली काठमाडौं

काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ।  तिहारमा झिल..

1 दिन पहिले

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..

2 दिन पहिले