Janakpurdham
Sat, Sep 19, 2026
`

‘रामायण’का लागि बोल्ने लवज सिक्दै रणवीर कपूर

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

मुम्बइ,माघ २६ गते । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’को अहिले बलिउडमा राम्रै चर्चा छ । अभिनेता रणवीर कपूर यो फिल्ममा ‘राम’ चरित्रमा देखिँदै छन् । तर समय–समयमा ‘सीता’को भूमिकालाई लिएर अभिनेत्रीको नाम टुङ्गो लागिसकेको छैन ।फिल्मका लागि रणवीरले निकै मेहनत गरिरहेका छन् । फिल्मको सुटिङ सुरु हुनु अघि रणवीर आफ्नो पूर्वाभ्यास गरिरहेका छन् ।  फिल्मका लागि नितेशको टिमले एक डिक्सन (बोल्ने लवज) र संवाद विभाग बनाएका छन्, जुन विभागले केवल ‘रामायण’का लागि मात्र काम गर्नेछ । अर्थात् अभिनेतालाई बोल्ने तरिका र संवाद सिकाउनका लागि यो टिमले काम गर्नेछ ।

यतिमात्र होइन, ‘रामायण’मा कलाकारले लगाउने पहिरन बनाउन पनि जोडतोडका साथ काम भइरहेको छ । फिल्मका प्रमुख कलाकार कस्तो देखिनेछन् भनेर टिमले अध्ययनको पनि काम गरिरहेको छ ।

नितेशले रणवीरका लागि एक संवाद विशेषज्ञ नै राखेका छन्, जसले संवाद सही तरिकाले बोल्न र भूमिकालाई सही ढङ्गले प्रस्तुत गर्न सिकाइरहेका छन् । फिल्मकै लागि रणवीरले घण्टौँसम्म संवाद पढिरहेका छन् र नितेशलाई भ्वाइस रेकर्ड गरेर नियमित रूपमा पठाइरहेका छन् ।ठुलो क्यानभास र बजेटमा निर्माण हुने यो फिल्ममा विशेष इफेक्टका साथ भीएफएक्सको राम्रो प्रयोग हुनेछ । यो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गरिनेछ ।

फिल्ममा रणवीर ‘राम’ फाइनल भइरहँदा जान्हवी कपूर ‘सीता’को रूपमा देखिने चर्चा छ । फिल्ममा साउथ अभिनेता यश ‘रावण’को भूमिकामा देखिने चर्चा उत्तिकै छ ।

साभार : रातोपाटी

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

18 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

18 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

2 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

2 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले