Janakpurdham
Sat, Sep 19, 2026
`

‘स्त्री २’ मा जोडिए वरुण धवन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

मुम्बइ,माघ २९ गते ।  वरुण धवन यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म भीडी १८ को कारण चर्चामा छन् । उनको फिल्मको शीर्षक र फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गरेको हो ।

वरुण धवनको फिल्म भीडी १८ को नाम ‘बेबी जोन’ हो र फिल्म मे ३१, २०२४मा सिनेमाघरहरूमा रिलिजको लागि तयार छ। यसैबीच, अहिले वरुण धवन अर्को फिल्मको हिस्सा बन्ने खबर आएको छ । बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै वरुण धवन श्रद्धा कपूर र राजकुमार रावको हरर कमेडी फिल्म ‘स्त्री २’ मा प्रवेश गरेको बताइएको छ ।

फिल्ममा अभिनेताको क्यामियो रोल हुनेछ र उनले त्यसको लागि सुटिङ पनि गरेका छन् । वरुण धवनले ‘स्त्री २’ मा आफ्नो भूमिकाको लागि दुई दिनमा सुटिङ गरेको रिपोर्टले दाबी गरेको छ ।

रिपोर्टमा यो पनि बताइएको छ कि वरुण धवन ‘स्त्री २’ मा आफ्नो ‘भेडिया’ भूमिकामा देखिने छन् । दिनेश विजनको निर्देशनमा बन्न लागेको यो हरर कमेडी फिल्ममा वरुणको भूमिका उनको फिल्म ‘भेडिया २’ को आधार हुनेछ, जसको सुटिङ सन् २०२५ मा सुरु हुँदैछ । ‘भेडिया २’ को कथा पनि त्यहीँबाट सुरु हुनेछ, जहाँ ‘स्त्री २’ को कथा समाप्त हुन्छ ।

वरुण धवनको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म बवलमा देखिएका थिए । अब अभिनेता ‘बेबी जोन’ मा देखिनेछन् । यसबाहेक अभिनेताको पाइप लाइनमा सिटाडेल छ, जसमा उनीसँगै दक्षिण अभिनेत्री सामन्था प्रभु देखिने छिन् । यसबाहेक अब उनीसँग ‘स्त्री २’ पनि छ, जुन अगस्ट ३०, २०२४ मा सिनेमाघरमा रिलिजको लागि तयार छ।साभार : डिसी नेपाल

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

18 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

18 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

2 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

2 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले