आर्थिक विवादले सलमान र करणको ‘द बुल’ मा ढिलाइ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मुम्बई,फागुन ३ गते । अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’ पछि निर्माता तथा निर्देशक करण जोहरका साथ नयाँ फिल्म ‘द बुल’ को तयारीमा व्यस्त थिए । सलमानले यो फिल्मका लागि सक्दो मेहनत गरिरहेका थिए । त्यसका लागि उनले ‘बडी ट्रान्सफर्मेशन’को काम पनि गरेका थिए ।तर अब भने फिल्मको मुहूर्त पछि यसको निर्माणमा केही बाधा सिर्जना भएको छ । जसकारण फिल्मको काम रोकिएको छ ।
फिल्म निकट स्रोतका अनुसार सलमान र करणबिच पैसा लेनदेन विषयमा एकमत हुन सकेको छैन । जसकारण फिल्मको सुटिङ हुन ढिलाइ भइरहेको छ ।
‘द बुल एक महँगो फिल्म हो र करणले ‘ब्याक एन्ड डिल’का साथ सलमानसँग सम्झौता गर्ने आशा राखेका छन् । तर सलमान भने एडभान्स पैसा मागिरहेका छन् । तमाम हिसाब–किताब गरेपछि करणलाई फिल्मलाई फ्लोरमा जान आर्थिक रूपले व्यवहारिक लागेको छैन । उनले अब वित्तीय ढाँचामा पुनः काम गर्नका लागि सलमानसँग थोरै समय मागेका छन्’, स्रोतले भनेको छ ।
यता सलमान भने करणका साथ साझेदारीमा काम गर्न पाउँदा खुसी छ, तर उनी आफ्नो व्यक्तिगत नोक्सानी बेहोर्न चाहँदैनन् । ‘सलमानलाई स्क्रिप्ट निकै मन परेको छ । तर सलमानलाई यो प्रोजेक्टमा जोड्नका लागि करणलाई निकै पैसाको आवश्यकता छ । एकपटक जब सबै कुराको अन पेपर फाइनल हुन्छ, त्यसपछि फिल्मको आधिकारिक घोषणा हुनेछ’, स्रोतले अगाडि भनेको छ ।
‘द बुल’ गत नोभेम्बरबाट सुरु हुनुपर्ने थियो । तर फिल्मलाई डिसेम्बरसम्म सारियो । फेरि जनवरीसम्म फिल्म धकेलियो र आउने मेमा सुटिङको खाका बनाइयो ।साभार : रातोपाटी
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
18 घन्टा पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
18 घन्टा पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
2 दिन पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
2 दिन पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
3 दिन पहिले
-
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
-
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री
-
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
-
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’