Janakpurdham
Thu, Sep 10, 2026
`

‘ह्रस्व दीर्घ’मा यस्तो देखिइन् नीता

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २९ : नायिका नीता ढुंगानाको मुख्य भुमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ।

लुक्समा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ भने दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आआफ्नो चरित्रमा देखाइएको छ।

असोज ३ गतेबाट रिलिज हुने फिल्ममा चन्द्र पन्तको निर्देशन छ। फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अली, प्रदीप रावत र कबीरदुहान सिंहको मुख्य भूमिका छ।

हरिहर अधिकारीको कथा लेखन रहेको फिल्ममा भारतीय छायांकार कवीरलालको छायाकन छ। उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन्।

फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो। फिल्ममा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
माघ १६ मा जेनजी सहिदको सालिक अनावरण गर्न खरेलको आग्रह

काठमाडौं, भदाै २४  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सह..

9 घन्टा पहिले

भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणाल..

काठमाडौं, भदाै २४ : अर्थ समितिले रसुवामा आएको बाढीपछि नेपाल सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनःस्..

10 घन्टा पहिले

जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..

काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..

1 दिन पहिले

सहीद परिवारलाई सुनारले भने- तिम्रो छोराले गोली खाएर देशल..

काठमाडौं, भदाै २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बल..

1 दिन पहिले

सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..

सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..

2 दिन पहिले