‘टेण्डर मार्फत काम गराउन खोज्दा सरकारको विकास खर्च कम देखियो’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस २३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले विकासको काम खुल्ला टेण्डर प्रक्रियाबाट गर्ने भएकाले प्रदेश सरकारको खर्चको गति कम भएको स्वीकार गर्नुभएको छ ।

प्रदेश सभाको आजदेखि शुरु भएको चौथो अधिवेशनको शुभकामना मन्तव्यको क्रममा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेश सरकारको गति सुस्त भएको गुनासो गरेपछि त्यसको जवाफमा उहाँले मधेश प्रदेश सरकारको कामको गति कम भए पनि निराशाजनक नभएको दाबी गर्दै प्रदेशका ६४ निर्वाचन क्षेत्रका लागि ५ किलोमिटर कालोपत्रे सडक तथा एक निर्वाचन क्षेत्रमा पुलको टेण्डर भएपछि खर्चको गति बढ्ने बताउनुभयो ।
नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले गठबन्धनको सरकार भएकाले वर्तमान प्रदेश सरकारलाई काम गर्नमा अवरोध नगरेको दाबी गर्दै काँग्रेसले काम गर्न नदिएको आरोपमा सत्यता नभएको बताउनुभयो ।
पूर्व मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता लालबाबु राउतले वर्तमान सरकारको सुस्त गतिका कारणले सङ्घीयताप्रति नै प्रश्न उठ्न लागेकाले जनताको पक्षमा सरकारले काम गर्न सकोस् भन्ने शुभकामना दिनुभयो ।
नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य शारदा देवी थापाले सरकारले काममा ढिलाइ गर्दा पछुताउनु बाहेक अरू केही हासिल नहुने भएकाले विकास निर्माणको काममा गति दिन सुझाव दिनुभयो ।
प्रदेश सभाको अर्को बैठक भोली बस्ने गरि स्थगित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो । बैठक करिब ४ महिनापछि बसेको थियो ।
साभार ः रेडियो नेपाल
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
19 घन्टा पहिले
माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्यो
काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..
19 घन्टा पहिले
अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..
काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..
2 दिन पहिले
राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो
काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर..
2 दिन पहिले
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..
काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..
3 दिन पहिले