
मधेश प्रदेशका सभामुख विश्वविद्यालयका विद्यार्थीहरूलाई पढाउँदै
4 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, माघ ३० गते ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका विद्यार्थीहरूलाई आज पढाउनु भएको छ ।
विश्व विद्यालयको जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ मा रहेको केन्द्रीय कलेजमा पुगेर कानूनशास्त्र विषयका स्नातक तहका विद्यार्थीहरूलाई कक्षा कोठामा नै पुगेर संविधानमा भएको संघीय शासन प्रणाली, यसको अभ्यास, समावेशिताको सकारात्मक प्रभाव जस्ता विषयमा जानकारी दिनुका साथै विश्वमा शिक्षाको महत्वका विषयमा विद्यार्थीहरूलाई पढाउनु भएको थियो ।

विद्यार्थीहरूले निक्कै रुचि पूर्वक सभामुख मण्डलले पढाउनु भएको विषयहरू ग्रहण गर्दै संघीय शासन प्रणाली यसमा भएका कमी कमजोरी तथा वर्तमान राजनीतिक अवस्थाका विषयमा विभिन्न जिज्ञासा राख्नु भएको थियो । सभामुख मण्डलले विद्यार्थीहरूको जिज्ञासाहरूको विषयमा जवाफ दिनुभएको थियो ।
मधेश प्रदेश सभाको बैठक चलिरहेको वेलामा सभामुख मण्डलले आफै राजर्षि जनक विश्व विद्यालयको केन्द्रीय क्याम्पसको कक्षा कोठामा पुगेर विद्यार्थीहरूलाई सङ्घीयता, समावेशीता, शिक्षाको महत्व जस्ता विषयमा पढाएर विद्यार्थीहरूको मनोबल बढाउनुभएकोमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. सरोज कुमार ठाकुरले धन्यवाद दिनुभएको थियो ।
सभामुख जस्तो गरिमामय पदमा भएका व्यक्तिबाट भएको यस असल अभ्यासको प्रशंसा गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउने काम भएको क्याम्पस प्रमुख ठाकुरले बताउँदै यो अभ्यास अरू तीर पनि हुन जरुरी रहेको बताउनुभयो । भारतका तत्कालीन राष्ट्रपति एवं वैज्ञानिक अब्दुल अब्दुल कलाम अजाद भारतका विभिन्न विश्व विद्यालयमा पुगेर विद्यार्थीहरूमा ज्ञान बाँड्ने काम गर्दै आउनुभएको थियो ।
पहिलो पटक नेकपा माओवादीबाट प्रदेश सभामा निर्वाचित हुनु भएका मण्डल दोस्रो पटक नेकपा एमालेमा प्रवेश गरेर सोही पार्टीबाट प्रदेश सभामा निर्वाचित हुनु भएको थियो । शिक्षक भएकै वेलामा वर्गीय विभेदका कारणले पेशा छाडेर नेकपा माओवादीको सशस्त्र विद्रोहमा होमिनु भएका मण्डल भूमिगत रहेको वेलामा मास्टर साहेव उपनामले चर्चित रहनुभएका थिए ।
राजनीतिमा प्रवेश गर्नु अगाडी शिक्षक पेसामा लामो समय बिताउनुभएका सभामुख मण्डल गत चुनावमा धनुषा निर्वाचन क्षेत्र नंं १ को क वाट नेकपा एमालेको तर्फबाट दोस्रो पटक प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । प्रदेश सभामा निर्वाचित हुनुभएका मण्डल प्रदेश सभाको सभामुख पदमा पनि निर्वाचित हुनुभएका थियो ।
साभार ः रेडियो नेपाल

सङ्घीयतापछि जनताको विकासको चाहना पुरा हुँदै: प्रधानमन्..
जनकपुरधाम, जेठ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रदेशमा विकासको कामलाई तीव्र गतिमा गर्ने स..
20 घन्टा पहिले
स्मृतिको चिहानमाथि स्वागत: मधेसमा केपी ओलीको आगमन र हाम्..
जनकपुरधाम, जेठ १८ गते । २०७२ साल। संविधान निर्माणको आन्दोलन उत्कर्षमा थियो। मधेस बलिरहेको थियो, रगत बगिरहेको ..
11 घन्टा पहिले
पूर्वसांसद आलमलाई मस्तिष्कघात, रौतहट जाने कार्यक्रम स्..
काठमाडौं, जेठ १७ : नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गर..
2 दिन पहिले
प्रधानमन्त्रीद्वारा मधेश प्रदेश विभिन्न सडकको शिलान्य..
जनकपुरधाम ,जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्नुहुने भएक..
2 दिन पहिले
बजेटमा नयाँ के छ ?
काठमाडौँ ,जेठ १५ गते । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र बिस्..
4 दिन पहिले