Janakpurdham
Mon, Oct 05, 2026
`

मधेश प्रदेशका सभामुख विश्वविद्यालयका विद्यार्थीहरूलाई पढाउँदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ ३० गते ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका विद्यार्थीहरूलाई आज पढाउनु भएको छ ।

विश्व विद्यालयको जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ मा रहेको केन्द्रीय कलेजमा पुगेर कानूनशास्त्र विषयका स्नातक तहका विद्यार्थीहरूलाई कक्षा कोठामा नै पुगेर संविधानमा भएको संघीय शासन प्रणाली, यसको अभ्यास, समावेशिताको सकारात्मक प्रभाव जस्ता विषयमा जानकारी दिनुका साथै विश्वमा शिक्षाको महत्वका विषयमा विद्यार्थीहरूलाई पढाउनु भएको थियो ।

विद्यार्थीहरूले निक्कै रुचि पूर्वक सभामुख मण्डलले पढाउनु भएको विषयहरू ग्रहण गर्दै संघीय शासन प्रणाली यसमा भएका कमी कमजोरी तथा वर्तमान राजनीतिक अवस्थाका विषयमा विभिन्न जिज्ञासा राख्नु भएको थियो । सभामुख मण्डलले विद्यार्थीहरूको जिज्ञासाहरूको विषयमा जवाफ दिनुभएको थियो ।

मधेश प्रदेश सभाको बैठक चलिरहेको वेलामा सभामुख मण्डलले आफै राजर्षि जनक विश्व विद्यालयको केन्द्रीय क्याम्पसको कक्षा कोठामा पुगेर विद्यार्थीहरूलाई सङ्घीयता, समावेशीता, शिक्षाको महत्व जस्ता विषयमा पढाएर विद्यार्थीहरूको मनोबल बढाउनुभएकोमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. सरोज कुमार ठाकुरले  धन्यवाद दिनुभएको थियो ।

सभामुख जस्तो गरिमामय पदमा भएका व्यक्तिबाट भएको यस असल अभ्यासको प्रशंसा गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउने काम भएको क्याम्पस प्रमुख ठाकुरले बताउँदै यो अभ्यास अरू तीर पनि हुन जरुरी रहेको बताउनुभयो । भारतका तत्कालीन राष्ट्रपति एवं वैज्ञानिक अब्दुल अब्दुल कलाम अजाद भारतका विभिन्न विश्व विद्यालयमा पुगेर विद्यार्थीहरूमा ज्ञान बाँड्ने काम गर्दै आउनुभएको थियो ।

पहिलो पटक नेकपा माओवादीबाट प्रदेश सभामा निर्वाचित हुनु भएका मण्डल दोस्रो पटक नेकपा एमालेमा प्रवेश गरेर सोही पार्टीबाट प्रदेश सभामा निर्वाचित हुनु भएको थियो । शिक्षक भएकै वेलामा वर्गीय विभेदका कारणले पेशा छाडेर नेकपा माओवादीको सशस्त्र विद्रोहमा होमिनु भएका मण्डल भूमिगत रहेको वेलामा मास्टर साहेव उपनामले चर्चित रहनुभएका थिए । 

राजनीतिमा प्रवेश गर्नु अगाडी शिक्षक पेसामा लामो समय बिताउनुभएका  सभामुख मण्डल गत चुनावमा धनुषा निर्वाचन क्षेत्र नंं १ को क वाट नेकपा एमालेको तर्फबाट दोस्रो पटक प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । प्रदेश सभामा निर्वाचित हुनुभएका मण्डल प्रदेश सभाको सभामुख पदमा पनि निर्वाचित हुनुभएका थियो ।

साभार ः रेडियो नेपाल

`
12 comments
सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्ध..

काठमाडौं, असाेज १८ : श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्à¤..

20 घन्टा पहिले

कांग्रेसको आर्थिक नीति : निजी क्षेत्रलाई अर्थतन्त्रको इà..

काठमाडौं, असाेज १८ : नेपाली कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘मुख्य इन्जिन’का रूपमा अघि बढाउँदै विप्र..

20 घन्टा पहिले

शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिà¤..

काठमाडौं, असाेज १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति à¤..

2 दिन पहिले

कांग्रेस महाधिवेशनमा नीति, विधान संशोधन र संरचनागत सुधाà..

काठमाडौं, असाेज १७ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि (आइतबार) काठमाडौंको टुँडिखेल खुलामञ्चमा उद्घाटन हुने à¤..

2 दिन पहिले

आर्थिक सुधारका लागि यही वर्ष २७ वटा नयाँ कानुन ल्याउँछौं..

काठमाडौं, असोज १६ : अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानà¥..

3 दिन पहिले