Janakpurdham
Mon, Oct 26, 2026
`

जनकचौकमा राष्ट्रिय मुक्ति पार्टीद्वारा कोणसभा, मुकुम्लुङ आन्दोलनको समर्थनमा आवाज उठाइयो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 

जनकपुरधाम, फागुन १७ गते । राष्ट्रिय मुक्ति पार्टी, मधेस प्रदेश द्वारा मुकुम्लुङमा भइरहेको नो केवलकार आन्दोलन को समर्थनमा आज जनकचौकमा कोणसभाको आयोजना गरिएको छ।

कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झा ले पाथीभरा माताले केवलकार निर्माणको अनुमति नदिएको दाबी गर्दै यसअघि प्रयास गर्नेहरूमध्ये केही हेलिकप्टर दुर्घटनामा परेको स्मरण गराए। साथै, २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई केपी ओली नेतृत्वको सरकारले विकास क्षेत्रमा परिणत गरी आफ्ना कार्यकर्ताहरूलाई सस्तोमा जग्गा किन्न लगाएको र केवलकार निर्माण कम्पनीलाई महँगो मूल्यमा बिक्री गरेको आरोप लगाए।

उनले फेरी वर्तमान केपी ओली नेतृत्वको सरकार आए पछी स्थानीयवासीमाथि दमन गर्दै केवलकार निर्माण थाल्न लागेको भन्दै यसको सशक्त रूपमा सम्पूर्ण नेपाली जनताले विरोध गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा पार्टीका नेता संजय चौधरी, दीपक यादव, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले मुकुम्लुङ आन्दोलनको समर्थनमा जोरदार आवाज उठाएका थिए। करिब ५०–६० जना अगुवा कार्यकर्ता उपस्थित रहेको कोणसभामा नेता संजय सिंह, दीपक झा, विनोद ठाकुर, कृष्ण कुमार साह, भरत साह, मो. समीर, अरबाज दरजी तथा स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुमन झा समेतको सहभागी थिए।

`
12 comments
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

काठमाडौं, कात्तिक ८ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादशैंको अन्तिम दिन कोजाग्रत पूà..

3 घन्टा पहिले

कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै 

काठमाडौं, कात्तिक ९ : आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ । हिन्दू धर्मावलम्à..

3 घन्टा पहिले

बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसà..

काठमाडौं, कात्तिक  ७ : बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमि..

1 दिन पहिले

पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुर..

काठमाडौं, कात्तिक ७ : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीà..

1 दिन पहिले

सनोखडामा श्री सीताराम नामजप महायज्ञ सुरु

चन्दन ठाकुरमहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको महोत्तरी गाउँपालिका–१, सनोखडामा श्री सीताराम नामजप महायज्ञ à¤..

2 दिन पहिले