जनकचौकमा राष्ट्रिय मुक्ति पार्टीद्वारा कोणसभा, मुकुम्लुङ आन्दोलनको समर्थनमा आवाज उठाइयो
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन १७ गते । राष्ट्रिय मुक्ति पार्टी, मधेस प्रदेश द्वारा मुकुम्लुङमा भइरहेको नो केवलकार आन्दोलन को समर्थनमा आज जनकचौकमा कोणसभाको आयोजना गरिएको छ।
कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झा ले पाथीभरा माताले केवलकार निर्माणको अनुमति नदिएको दाबी गर्दै यसअघि प्रयास गर्नेहरूमध्ये केही हेलिकप्टर दुर्घटनामा परेको स्मरण गराए। साथै, २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई केपी ओली नेतृत्वको सरकारले विकास क्षेत्रमा परिणत गरी आफ्ना कार्यकर्ताहरूलाई सस्तोमा जग्गा किन्न लगाएको र केवलकार निर्माण कम्पनीलाई महँगो मूल्यमा बिक्री गरेको आरोप लगाए।
उनले फेरी वर्तमान केपी ओली नेतृत्वको सरकार आए पछी स्थानीयवासीमाथि दमन गर्दै केवलकार निर्माण थाल्न लागेको भन्दै यसको सशक्त रूपमा सम्पूर्ण नेपाली जनताले विरोध गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा पार्टीका नेता संजय चौधरी, दीपक यादव, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले मुकुम्लुङ आन्दोलनको समर्थनमा जोरदार आवाज उठाएका थिए। करिब ५०–६० जना अगुवा कार्यकर्ता उपस्थित रहेको कोणसभामा नेता संजय सिंह, दीपक झा, विनोद ठाकुर, कृष्ण कुमार साह, भरत साह, मो. समीर, अरबाज दरजी तथा स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुमन झा समेतको सहभागी थिए।
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
2 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
23 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
24 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
23 घन्टा पहिले