नेपाल-भारत खुला सीमाले मिथिला परिक्रमा यात्रुहरूलाई सहजता
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत १ गते । १५ दिनदेखि जारी मिथिला मध्यमा परिक्रमा शुक्रबार जनकपुरधाम फर्किएसँगै सम्पन्न भएको छ । लाखौं श्रद्धालु, साधु–सन्त तथा भक्तजन सहभागी यस धार्मिक यात्रामा नेपाल–भारत खुला सीमाले सहजता प्रदान गरेको देखिएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल धनुषाले परिक्रमा अवधिभर नेपालमा पर्ने बासाहरुमा दिपक यादव संयोजक, रुबी झा सहसंयोजक, कृष्ण कुमार साह र धनेश्वर ठाकुर सदस्य रहने गरि समिति बनाइ हेल्प डेस्क सञ्चालन गर्दै यात्रुहरूको सेवा गरेका थिए ।
सो शिविरबाट प्राथमिक उपचार, पानी, हराएका यात्रुहरूको खोजी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको थियो ।
जिल्ला समन्वय समितिको गेटसँगै आज शुक्रबार पञ्चकोशी परिक्रमा पनि हेल्प डेस्क संचालनमा रहेको छ ।
क्लोथ बैंकका कार्यकारी सदस्य एवं समाजसेवी संजीव झाका अनुसार आज शुक्रबार भक्तजनहरूले जनकपुरधाममा ‘अन्तरगृह परिक्रमा’ अर्थात् ‘पञ्चकोशी परिक्रमा’ गरिरहेका छन् । यो परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू समेत सामेल हुने गर्छन् ।
धार्मिक मान्यताअनुसार, मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजनहरू विभिन्न रोग, कष्ट तथा समस्याबाट मुक्त भई मनोकामना पूर्ण हुने विश्वास गरिन्छ ।
१३३ किलोमिटरको आस्था यात्रा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालुहरूले १३३ किलोमिटर लामो यात्रा तय गरेका थिए । यो यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फुलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही हुँदै पुनः भारतको करुणा, विसौलमार्फत जनकपुरधाम फर्कने मार्ग समेटिएको थियो ।
बुद्धिजीवी एबं पुर्ब सरकारी अधिकारी नन्दकुमार झाका अनुशार परिक्रमामा नेपाल–भारत खुला सीमाको भूमिका अपरिहार्य रहेको छ।नेपाल–भारत खुला सीमाले भक्तजनहरूको आवतजावतलाई सहज बनाएको थियो।
धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै भारतको सितामढी, मधुबनी, दरभंगा, झंझारपुर, सुपौल लगायतका स्थानहरूबाट आएका श्रद्धालुहरूले सीमावर्ती क्षेत्रको धार्मिक सहअस्तित्वको लाभ उठाएका थिए ।
नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा.राजीव झाका अनुसार परिक्रमा मार्गमा रहेका सीमावर्ती क्षेत्रहरूमा सांस्कृतिक सम्बन्ध अझै प्रगाढ भएको छ । भक्तजनहरूको सहजता सुनिश्चित गर्न हेल्प डेस्क स्थापना गरिएको थियो, जुन आजदेखि समापन हुनेछ ।
शनिबार उल्लासमय होली परिक्रमा सम्पन्न भएसँगै मिथिलाञ्चलभरि होली पर्वको रौनक बढेको छ । शनिबार फागुपूर्णिमाका दिन मिथिला क्षेत्रमा विशेष रूपमा होली पर्व उल्लासका साथ मनाइनेछ । परिक्रमा सम्पन्न गरेका श्रद्धालुहरूले आस्थाको साथ होली पर्व मनाउने तयारी गरिरहेका छन् ।
नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा डंगोल
काठमाडौं, जेठ ११ : सरकारले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको छ।&..
4 घन्टा पहिले
सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको सम..
काठमाडौं, जेठ ११ : सार्वजनिक लेखा समितिको बैठकमा उच्च बेरुजु भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुज..
4 घन्टा पहिले
विदेशी सम्बन्धन कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै..
काठमाडौं, जेठ १० : सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसलाई नियमन गर्न नयाँ नियमावली ल्याउने ..
1 दिन पहिले
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार..
काठमाडौं, जेठ १० : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदा..
1 दिन पहिले
बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन : सांसद अ..
बारा, जेठ ९ : प्रतिनिधिसभा सदस्य तथा रास्वापाका नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पा..
2 दिन पहिले