विदेशी सम्बन्धन कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदैछौं’
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ १० : सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसलाई नियमन गर्न नयाँ नियमावली ल्याउने तयारी गरेको छ।

आइतबार काठामडौंमा आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नको लागि नियमावली ल्याउन लागिएको बताए।
‘फरेन युनिभर्सिटी एफिलिएटेड कलेजको बारेमा धेरै नै गुनासोहरू आउने गरेको छ हामीले फाइनल ड्राफ्ट कानुन मन्त्रालयमा पठाइसकेका छौं। सुरुमा अर्थ मन्त्रालय पठाएका थियौँ, अर्थ मन्त्रालयबाट टिप्पणीसहित फिर्ता आइसकेपछि त्यो कानुन मन्त्रालय जान्छ र त्यो मन्त्रिपरिषदमा हामीले नियमावली बनाएर ड्राफ्ट तयार गरेर गरिसकेका छौं,’ उनले भने, ‘यसलाई व्यवस्थित बनाउनको लागि कुन हिसाबको कुन युनिभर्सिटीलाई सम्बन्धन दिन मिल्ने कुनलाई नमिल्ने? यसको रेगुलेसन के हुने? नेपाली युनिभर्सिटीहरूलाई हामीले रेगुलेट गरिरहेका छौं।’
शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको बताउँदै मन्त्री पोखरेलले ती मन्त्रालयको स्वीकृत तथा रायपछि मन्त्रिपरिषदमा पेश गरिने जानकारी दिए।
विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेज प्रभावकारी रूपमा नियमन हुन नसकेको उनले बताए।
साभार : काठमाण्डौ प्रेस
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
2 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
2 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
3 दिन पहिले
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..
काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..
3 दिन पहिले
मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..
काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..
4 दिन पहिले