प्रकाशमानको आग्रह- यसपटक कांग्रेसलाई बलियो बनाउनुस्
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।काठमाडौं- १ का उम्मेदवारसमेत रहेका सिंहले संविधानको कार्यान्वन नहुँदै संघीयता, गणतन्त्र धर्मनिरपेक्षताजस्ता परिवर्तनविरुद्ध गतिविधि गरी देशलाई पुन: अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरे ।`के हामी सधैँ राजनीतिक अस्थिरतामा बस्ने ? अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो,´ सिंहले भने ।जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनको भनाइ थियो ।`कांग्रेस कमजोर हुँदा पहिलो संविधानसभा असफल भयो । जनताले दोस्रो पटक कांग्रेसलाई बलियो बनाएपछि संविधान बन्यो ´,उनले भने, `संविधान आएपछिको पहिलो आम चुनावमा कांग्रेस कमजोर बन्दा संविधानको कार्यान्वयन हुन सकेन । यसपटक कांग्रेस बलियो बनाउनुस् । संविधानको पूर्ण कार्यान्वयन गर्नेछौं । गाउँमा सिंहदरबार नारामा होइन व्यवहारमा पुर्याउनेछौं ।´साभार : नेपाल प्रेस
काठमाडौंमा वायु प्रदूषण बढ्यो, ‘धेरै अस्वस्थ’को श्रेणी..
काठमाडौं, वैशाख १० : काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अच..
9 घन्टा पहिले
बिहीबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्यो?
काठमाडौं, वैशाख १० : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकल..
9 घन्टा पहिले
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..
जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..
1 दिन पहिले
विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा
काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..
1 दिन पहिले
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
2 दिन पहिले