समुन्नत नेपालद्वारा जनकपुर उपमहानगरपालिकासँग कार्यक्रम नगर शिक्षा याेजना हुनुपर्नेमा वक्ताहरुको जोड
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख ६ गते । जनकपुरधाम उपमहानगरपालिकामा नगर शिक्षा याेजना घाेषणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन् ।
समुन्नत नेपालद्वारा शनिवार आयोजित एक कार्यक्रममा गुणस्तरीय शिक्षा र समुदाय सशक्तीकरणका माध्यमवाट नवीन कार्यक्रमहरू अघि बढाउदै सराेकारवालाहरूसंग सहकार्य गरेकाे बताए ।
समुन्नत नेपाल र युनिसेफकाे सहयाेगमा सञ्चालित विद्यालाय बाहिर रहेका किशाेर किशोरीहरूलाई शिक्षा, सीप विकास र राेजगारीका अवसरहरू प्रदान गर्न सहजीकरण गर्ने जनाए ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनाेज कुमार साहले परियाेजनालाई पारदर्शी, परिणाममुखी र स्थानीय तहसंग समन्वयमा कार्यान्वयन गर्न आग्रह गरे । उहाँले यस्ता अभियानले हजाराै बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराउन सहयाेग पुग्ने बताए ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय काठमाडौँका उपसचिव निलकण्ठ ढकालले दलित र सीमान्तीकृत समुदायमा शिक्षाकाे महत्वबारे जानकारीकाे कमी, आर्थिक अभाव, नागरिकता र जन्मदर्ता नहुनुजस्ता समस्याहरूले गर्दा बालबालिका पठ्नपाठनबाट बञ्चित रहेकाे ध्यानाकर्षण गराए ।
उहांले मधेश र लुम्बिनी प्रदेशका क्रमश १३६ र १०९ ओटा गाउँ तथा नगरपालिकासंग समुन्नत नेपालले समन्वय गरि कार्यक्रम गरेकाे जानकारी गराए । साथै शिक्षामा साक्षर घाेषणा गर्नु सरकारकाे अभियानकाे रूपमा रहेकाे बताए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगर पालिकाका शिक्षा प्रमुख धिरेन्द्र कर्ण, अञ्जु पाण्डे, सामाजिक विकास समितिका अध्यक्ष मिथिलेश कर्ण, समुन्नत नेपालकाका निर्देशक पवन कुमार अधिकारी, टिम लिडर नवराज जाेशी, फिल्ड अधिकृत रामबएकवाल महरा, हनुमान सिकाई केन्द्रका अध्यक्ष उषा साह लगायतका उपस्थिति रहेका थिए ।
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
16 घन्टा पहिले
माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्यो
काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..
16 घन्टा पहिले
अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..
काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..
2 दिन पहिले
राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो
काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर..
2 दिन पहिले
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..
काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..
3 दिन पहिले