
‘संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुकको शान्ति र समृद्धि सम्भव’
3 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,वैशाख ९ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्रै मुलुकको शान्ति र समृद्धि सम्भव रहेको बताउनुभएको छ ।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको आयोजनामा आज जनकपुरधाममा सम्पन्न “नेपालको समृद्धिमा भारतको योगदान” विषयक विचार गोष्ठीमा उहाँले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको छोटो अवधिमा मात्र नेपालको निजामती सहितका क्षेत्रमा १७ हजार २ सय २८ जना मधेशी, आदिवासी, जनजाति पुग्नु सङ्घीयताको ठूलो उपलब्धि भएको बताउनुभयो ।
प्रथम राष्ट्रपति डा. यादवले चुरेको विनाश रोक्न सकेको खण्डमा यसको प्रत्यक्ष लाभ नेपाल तथा भारतका जनताले पनि पाउने भएकाले त्यसतर्फ मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो ।
नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशीको अधिकारलाई भोटे ताल्चा लगाएर नहुने बताउँदै मधेशी र आदिवासी, जनजाति अगाडी नबढेसम्म मुलुकको समृद्धि र विकास हुनै नसक्ने दाबी गर्नुभयो ।
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपालको विकास तथा समृद्धिमा भारतको ठूलो योगदान रहेकोमा दुई मत नभएको बताउँदै अहिले पहाडका जनजातिलाई भारतीय सेनामा भर्ना रोक्ने काम हुनु गलत रहेको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको लगानी मधेश भन्दा अन्य क्षेत्रमा कैयन गुणा बढी भएको बताउनुभयो ।
साभार : रेडियो नेपाल

डाक्टरहरूकाे आन्दोलनबारे पत्तो नपाएका विरामीको आक्रोश..
काठमाडौं, असार २३ : नेपाल चिकित्सक संघले देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ।&nb..
2 घन्टा पहिले
प्रधानमन्त्रीको संसदमा संवोधन– अन्तर्राष्ट्रिय क्षेत..
काठमाडौं, असार २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्लाई संवोधन गर्दै स्पेनको भ्रमणबारे जानकारी दिए..
2 घन्टा पहिले
“विद्यार्थीहरूका लागि विद्यालयमा स्वादिलो र पौष्टिक दि..
किशोर मण्डल जनकपुरधाम, असार २३ गते । सबैला नगरपालिका–८, ठिल्ला — मिति २०८२ साल असार २३ गते, सोमबारका दिन श्री ..
20 घन्टा पहिले
सञ्चारमाध्यम सञ्चालन नगर्न मधेश सरकारलाई पत्रकार महासं..
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गरेको छ ।पत्रकार ..
2 दिन पहिले
केपी ओलीको निर्देशनमै एमाले चल्छ, विद्या भण्डारी आउँदा उ..
जनकपुरधाम, असार २२ गते । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले प..
2 दिन पहिले