Janakpurdham
Wed, Apr 15, 2026
`

‘संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुकको शान्ति र समृद्धि सम्भव’

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख ९ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्रै मुलुकको शान्ति र समृद्धि सम्भव रहेको बताउनुभएको छ । 

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको आयोजनामा आज जनकपुरधाममा सम्पन्न “नेपालको समृद्धिमा भारतको योगदान” विषयक विचार गोष्ठीमा उहाँले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको छोटो अवधिमा मात्र नेपालको निजामती सहितका क्षेत्रमा १७ हजार २ सय २८ जना मधेशी, आदिवासी, जनजाति पुग्नु सङ्घीयताको ठूलो उपलब्धि भएको बताउनुभयो । 

प्रथम राष्ट्रपति डा. यादवले चुरेको विनाश रोक्न सकेको खण्डमा यसको प्रत्यक्ष लाभ नेपाल तथा भारतका जनताले पनि पाउने भएकाले त्यसतर्फ मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो । 

नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशीको अधिकारलाई भोटे ताल्चा लगाएर नहुने बताउँदै मधेशी र आदिवासी, जनजाति अगाडी नबढेसम्म मुलुकको समृद्धि र विकास हुनै नसक्ने दाबी गर्नुभयो । 

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपालको विकास तथा समृद्धिमा भारतको ठूलो योगदान रहेकोमा दुई मत नभएको बताउँदै अहिले पहाडका जनजातिलाई भारतीय सेनामा भर्ना रोक्ने काम हुनु गलत रहेको बताउनुभयो । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको लगानी मधेश भन्दा अन्य क्षेत्रमा कैयन गुणा बढी भएको बताउनुभयो । 

 


साभार : रेडियो नेपाल

`
12 comments
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..

काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..

23 घन्टा पहिले

नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन था..

काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान ग..

23 घन्टा पहिले

जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार

जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..

2 दिन पहिले

राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..

काठमाडौँ, चैत ३० गते ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..

2 दिन पहिले

भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..

3 दिन पहिले