जानकी महिला जागरन समाज जनकपुरधामद्वारा पालिकास्तरीय गाेष्ठिकाे आयाेजना
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख १० गते । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा पालिकास्तरीय परिचयात्मक कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ ।
जानकी महिला जागरन समाज जनकपुरद्वारा बुधवार पालिकास्तरीय परिचायाच्मक कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।
सी लिड्स परियाेजनाद्वारा सञ्चालित जीवनपयाेगी शिक्षा र जीविकाेपार्जन सहयाेग संस्थाकाे प्रमुख कार्य क्षेत्र रहेका वक्ताहरूले बताए ।
जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख मनाेज कुमार साहले प्रमुख अतिथिकाे आसनवाट बाेल्दै कार्यक्रमहरू सञ्चालनले समुदायमा सामाजिक न्याय, स्वास्थ्य , शिक्षा र सामाजिक सशक्तीकरणमा पूर्वाधार विकास प्रवर्द्धन हुने जाेड दिए ।
उनले परियाेजनाद्वारा सञ्चालन हुने १८ महिने कार्यक्रममा १३ वटा वडा समावेश भएकाेले वडाअध्यक्ष तथा वडा सदस्यलाई कार्यक्रम स्थलमा गई अनुगमन गर्न आग्रह गरे ।
उनले विवाहित किशाेरी महिलाहरूलाई आफ्नै साना व्यवसायिक उद्यमहरू स्थापना र सञ्चालन गर्न प्रेरित गरे ।
जानकी महिला जागरन समाज जनकपुरकी अध्यक्ष मन्दाकनी कर्णले सी लिड्सद्वारा सञ्चालन भएकाे परियाेजना जीवनाेपयाेगि शिक्षाकाे रूपमा विवाहित किशाेरीहरूका लागि महिला सशक्तीकरण र नेतृत्व क्षमतामा टेवा पुग्ने बताईन् ।
उनले १५ देखि २५ वर्ष उमेर समूहका सीमान्तीकृत महिला किशोरीहरूलाई सशक्त बनाउन सिकाई केन्द्र १७ वटा रहेकाे र सहभागी संख्या २५ जना सम्म हुने जानकारी दिईन् ।
अध्यक्ष कर्णले दात्री निकायकाे रूपमा स्ट्रिट चाइल्ड युके रहेकाे बताउंदै कार्यक्रममा जम्मा वजेट ६१ लाख ९१ हजार ५ सय रहेकाे उल्लेख गरिन् ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशाेरी साह, शिक्षा प्रमुख धिरेन्द्र कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, जानकी महिला जागरण समाज जनकपुरका कार्यक्रम व्यवस्थापक विष्णु भण्डारी , कार्यक्रम संयाेजक सुखदेव ठाकुर, अनुगमन अधिकृत सुसमिता ठाकुर, वडाअध्यक्षहरू लगायतका उपस्थिति रहेकाे थियाे ।
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
1 दिन पहिले
माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्यो
काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..
1 दिन पहिले
अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..
काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..
2 दिन पहिले
राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो
काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर..
2 दिन पहिले
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..
काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..
3 दिन पहिले