Janakpurdham
Sat, Oct 17, 2026
`

जानकी महिला जागरन समाज जनकपुरधामद्वारा पालिकास्तरीय गाेष्ठिकाे आयाेजना

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख १० गते ।  मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा पालिकास्तरीय परिचयात्मक कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ ।

जानकी महिला जागरन समाज जनकपुरद्वारा बुधवार पालिकास्तरीय परिचायाच्मक कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

सी लिड्स परियाेजनाद्वारा सञ्चालित जीवनपयाेगी शिक्षा र जीविकाेपार्जन सहयाेग संस्थाकाे प्रमुख कार्य क्षेत्र रहेका वक्ताहरूले बताए ।

जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख मनाेज कुमार साहले प्रमुख अतिथिकाे आसनवाट बाेल्दै कार्यक्रमहरू सञ्चालनले समुदायमा सामाजिक न्याय, स्वास्थ्य , शिक्षा र सामाजिक सशक्तीकरणमा पूर्वाधार विकास प्रवर्द्धन हुने जाेड दिए ।

उनले परियाेजनाद्वारा सञ्चालन हुने १८ महिने कार्यक्रममा १३ वटा वडा समावेश भएकाेले वडाअध्यक्ष तथा वडा सदस्यलाई कार्यक्रम स्थलमा गई अनुगमन गर्न आग्रह गरे ।

उनले विवाहित किशाेरी महिलाहरूलाई आफ्नै साना व्यवसायिक उद्यमहरू स्थापना र सञ्चालन गर्न प्रेरित गरे ।

जानकी महिला जागरन समाज जनकपुरकी अध्यक्ष मन्दाकनी कर्णले सी लिड्सद्वारा सञ्चालन भएकाे परियाेजना जीवनाेपयाेगि शिक्षाकाे रूपमा विवाहित किशाेरीहरूका लागि महिला सशक्तीकरण र नेतृत्व क्षमतामा टेवा पुग्ने बताईन् । 

उनले १५ देखि २५ वर्ष उमेर समूहका सीमान्तीकृत महिला किशोरीहरूलाई सशक्त बनाउन सिकाई केन्द्र १७ वटा रहेकाे र सहभागी संख्या २५ जना सम्म हुने जानकारी दिईन् ।

अध्यक्ष कर्णले दात्री निकायकाे रूपमा स्ट्रिट चाइल्ड युके रहेकाे बताउंदै कार्यक्रममा जम्मा वजेट ६१ लाख ९१ हजार ५ सय रहेकाे उल्लेख गरिन् ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशाेरी साह, शिक्षा प्रमुख धिरेन्द्र कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, जानकी महिला जागरण समाज जनकपुरका कार्यक्रम व्यवस्थापक विष्णु भण्डारी , कार्यक्रम संयाेजक सुखदेव ठाकुर, अनुगमन अधिकृत सुसमिता ठाकुर, वडाअध्यक्षहरू लगायतका उपस्थिति रहेकाे थियाे ।

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

35 मिनट पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

39 मिनट पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले