जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा सामुदायिक भवनको शिलान्यास सम्पन्न
12 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख १९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा एक कार्यक्रमका बीच दुई कोठे सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख साहले ग्रामीण भेगको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिका लागि यस्तो संरचना आवश्यक रहेको बताएका छन । उनले स्थानीयस्तरमै सुविधा सम्पन्न भवन निर्माण भएसँगै यहाँका बासिन्दालाई आफ्ना गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे ।
उपमहानगरपालिकाको कुल ५० लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको उक्त भवनले स्थानीय समुदायलाई विविध सामाजिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ । वडा नं. १२ का अध्यक्ष महेन्द्र साहले भवनको निर्माणपछि वडावासीहरूलाई सामुदायिक कार्य सञ्चालन गर्न ठुलो राहत पुग्ने बताए । उक्त भवन निर्माण सम्पन्न भएपछि वडा नंं. १२ लगायत आसपासका बस्तीका बासिन्दालाई सामूहिक कार्यक्रम, सभा तथा सामाजिक कार्य सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । उपभोक्ता समिति मार्फत भवन निर्माण कार्य सुरु गरिएको छ र यो कार्य चालु आर्थिक वर्षको मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको समितिका सचिव सुशिल कुमार साहले जानकारी दिएका छन ।
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..
काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..
21 घन्टा पहिले
नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन था..
काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान ग..
21 घन्टा पहिले
जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार
जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..
2 दिन पहिले
राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..
काठमाडौँ, चैत ३० गते । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..
2 दिन पहिले
भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन
काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..
2 दिन पहिले