Janakpurdham
Wed, Apr 15, 2026
`

आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्यमन्त्री सिंह

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख २७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको पहलगाममा गरेको आतंकी हमलाको प्रतिकार आवश्यक रहेको बताएका छन् ।

 

भारत-पाकिस्तानबीच तनाव बढेका बेला मुख्यमन्त्री सिंहले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन्, हामी सबैको साझा लडाइँ हो ।’

आतंकवादको कुनै धर्म, जात, वा सिमाना नहुने गरेको भन्दै मुख्यमन्त्री सिंहले कायरता मानवताविरुद्धको अपराध हो र यसको प्रतिकार आवश्यक रहेको उल्लेख गरेका छन् ।

 ‘आजको घडीमा हामीलाई चुप लाग्नु होइन, सत्यको पक्षमा बोल्न आवश्यक छ । आतंककारीहरूलाई मौन साथ होइन्, खुलेर प्रतिकार चाहिन्छ,’ उनले भनेका छन्, ‘मधेश भारतको साथमा छ । आज पनि, भोलि पनि र सदैव ।’

साभार : नेपाल प्रेस

`
12 comments
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..

काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..

19 घन्टा पहिले

नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन था..

काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान ग..

19 घन्टा पहिले

जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार

जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..

2 दिन पहिले

राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..

काठमाडौँ, चैत ३० गते ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..

2 दिन पहिले

भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..

2 दिन पहिले