Janakpurdham
Mon, Apr 13, 2026
`

स्मृतिको चिहानमाथि स्वागत: मधेसमा केपी ओलीको आगमन र हाम्रो मौन प्रतिरोध

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ १८ गते ।  २०७२ साल। संविधान निर्माणको आन्दोलन उत्कर्षमा थियो। मधेस बलिरहेको थियो, रगत बगिरहेको थियो। माग थियो – समावेशीता, समानता, सम्मान। तर, सत्ता काठमाडौँको दलानमा उभिएका थिए, अनि आदेश दिइरहेका थिए – "प्रयोग गर, बल प्रयोग गर।" त्यसै आदेशमा, जनकपुर, भारदह, राजबिराज, वीरगञ्ज, गौर, मलंगवा, जलेश्वर लागायतका ठाउँमा दर्जनौं मधेसीको लाश ढल्यो।
एकै घरको एकै दिनमा बाजे र नाति ले ज्यान गुमाए। नातिको लागि कफनको कपडा किन्न जाँदा बाजेलाई प्रहरीले गोली हानेर हत्या गर्‍यो। घरको छतमा बसेर चिया खादै कांखमा बच्चा खेलाउँदै गरेकी अबस्थामा सडकबाट प्रहरीले गोली हान्दा अबोध बच्चाको हत्या भयो। कोही विद्यार्थी, कोही किसान, कोही आमा-बाबुको सहारा – यिनै थिए ती ‘२-४ जना आँप झार्ने’ भनेर अपमान गरिएका नागरिकहरु।
त्यही समय लाखौं मधेसीले पुर्ब देखि पच्चिम सम्म हाथेमालो गरेर शान्तिपूर्ण बिरोध गरि रहदा"मांखे संगालो" भनेर अपमान गर्ने पात्र यिनै थिए "कालो मधेसी कालो दिन मनाउछ जस्ता अपमानित शब्दले पुरै मधेसीलाई गाली गर्ने प्रात्र यी नै थिए "मधेसलाई बिहारमा मिसाऔं" भन्ने पनि उहांनै हो।

र अहिले?

आज त्यही केपी ओली मधेस प्रदेशको राजधानी जनकपुरधाम आइपुगे। फूलमाला, स्वागत गीत, अनि नाराहरूको भीड। "केपी ओली जिन्दावाद!" भनेर नाराबाजी गर्ने हातहरू – सायद तिनै हात हुन्, जसले कहिले आफ्नो छातीमा गोली खाएका दाजुभाइको शव काँध मा राखेका थिए।
हिजो जसले मधेसीलाई नेपाली मान्न अस्वीकार गर्‍यो, आज उसैलाई माला लगाउनेहरू हामी नै? के हामीले आफ्नो इतिहास यति चाँडै बिर्सियौं? के सत्ताको नजिक हुने लोभले हामी आफ्नो घाउमा मलहम होइन, नुन लगाउन तयार भयौं?
ओली के लिएर आए?
उनी मधेसका घाउमा क्षमायाचना लिएर आएका होइनन्।
उनी असमान संविधानका धाराहरू सच्याउने प्रस्ताव लिएर आएका होइनन्।
उनी प्रहरीद्वारा मारिएका निहत्था नागरिकहरूको न्यायको वाचा लिएर आएका होइनन्।
उनी आएका छन् – "योजना" को सिलान्यास गर्न। विकासका नाममा राजनीतिक भूल पखाल्न।
विकास होइन, संवेदना चाहिन्छ
हामीलाई पुल–सडक मात्रै होइन, न्याय पनि चाहिन्छ। विकास त्यो हो, जसले घाउमा मलहम लगाउँछ, इतिहासको अपमान मेटाउँछ, संवेदना बाँच्छ। ओलीको आगमन, मधेसको ‘सम्झनाशक्ति’ माथि गरिएको अपमान हो।
जसले आँप झरेकोमा फरक नपर्ने भन्यो, उसैलाई फेरि पहिचानविहीन मधेसीले जसरी पनि स्वीकृति दिएको दृश्य लज्जास्पद छ।
मधेस विरोधी होइन – मधेस सजग छ
मधेस कुनै पनि दलको विरोधी होइन। मधेस आत्मसम्मानको पक्षमा छ। मधेस विकासको पक्षमा छ – तर अन्याय भुलेर होइन, अन्यायको हिसाब लिएर।
आज स्वागत गरियो भने भोलि इतिहास दोहोरिन्छ। त्यही हो सच्चा धोका – जसले न न्याय दिन्छ, न पहिचान, न सम्मान।
अब समय आयो –
भुल्न होइन, सम्झन सिकौं।
स्वागत होइन, सवाल गरौं।
योजना होइन, समानताको माग गरौं।
जनकपुरको धूलो सबैले टेक्न सक्छन्।
जनकपुरको धूलो सबै नागरिकको साझा हो – टेक्ने अधिकार सबैलाई छ। तर जनकपुरधामले आँसु नपुछ्नेहरूको स्वागतमा फूल अर्पण गर्नु कमजोरी हो, प्रतिरोध होइन।
मधेस मौन छैन उसले लेख्दैछ, सम्झँदैछ, प्रतिरोध गर्दैछ। यो मौनता बहसमा बदलिनेछ, अनि बहस आन्दोलनमा। त्यतिबेला फूल होइन, प्रश्नहरूको भारी हुनेछ।
किनभने मधेसले बिर्सन जान्दैन। मधेस सम्झन्छ र इतिहास लेख्छ।

डा राजीव झा नेपाल भारत खुला सिमा संवाद समुहको अध्यक्ष  हो।

`
12 comments
जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार

जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..

3 घन्टा पहिले

राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..

काठमाडौँ, चैत ३० गते ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..

5 घन्टा पहिले

भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..

16 घन्टा पहिले

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

धादिङ, चैत, २९ : सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। न..

16 घन्टा पहिले

मधेशका ६ कारागारमा क्षमता बन्दा बढी कैदी बन्दी 

जनकपुरधाम , चैत्र २८ गते । मधेश प्रदेशका ६ जिल्लामा रहेका कारागारहरूमा आवश्यकता भन्दा बढी कैदी बन्दी भएका कारणले ..

2 दिन पहिले