मधेश प्रदेश सभाको बैठक प्रतिपक्ष अवरुद्ध
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ २१ गते । लामो समयपछि आजबाट शुरु भएको मधेश प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुरु भएको मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले घोषणा गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले योजना बिक्री सम्बन्धि विषयको संसदीय छानविन समिति गठन नभएसम्म बैठक नचल्ने अडान लिएर विरोध गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको हो ।
जसपाका प्रमुख सचेतक यादवले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय छानबिनका लागि प्रतिनिधि पठाए पनि सत्ता पक्षबाट जानी बुझी छानविन समितिमा प्रतिनिधि पठाउने काम नभएको भन्दै छानविन समिति नबनेसम्म बैठक चल्न नदिने बताए आ–आफ्नो स्थानमा उभिएर विरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले भोली दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित गर्नुभएको छ ।
संसदीय छानबिनका लागि समिति बनाउने सभामुखले प्रदेश सभामा दिनुभएको निर्देशन १ महिना २४ दिन वित्दा छानविन समिति बन्न नसकेकाले सरकारको नियत ठिक नभएको प्रमुख सचेतकले आरोप लगाउनुभएको थियो ।
मधेश प्रदेश सभाको चौथो अधिवेशन प्रदेश सरकारको सिफारिसमा चैत्र ३० गते मध्य राति १२ बजे देखि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको थियो ।
साभार : रेडियो नेपाल

जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार
जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..
3 घन्टा पहिले
राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..
काठमाडौँ, चैत ३० गते । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..
5 घन्टा पहिले
भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन
काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..
16 घन्टा पहिले
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
धादिङ, चैत, २९ : सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। न..
16 घन्टा पहिले
मधेशका ६ कारागारमा क्षमता बन्दा बढी कैदी बन्दी
जनकपुरधाम , चैत्र २८ गते । मधेश प्रदेशका ६ जिल्लामा रहेका कारागारहरूमा आवश्यकता भन्दा बढी कैदी बन्दी भएका कारणले ..
2 दिन पहिले