मैथिली भाषा ,संस्कार तथा संस्कृतिको संरक्षण गर्नुपर्ने
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असार १ गते । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले मैथिली भाषा ,संस्कार तथा संस्कृतिको संरक्षण तथा विकासमा लाग्न सवैलाई आग्रह गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ स्थित कुर्था संचालित ४५ दिने मिथिला पेन्टिगं तालिम समापनको अवसरमा आयाजित समारोहमा उहाँले सो कुरा वताउँनुभएको हो । उपमेयर साहले मैथिली भाषा तथा संस्कृतिको विकासका लागि मिथिलावासीले जोडदिनुपर्ने उल्लेखगर्दे तालिममा सहभागि प्रशिक्षार्थीहरुले मैथिली पेन्टिगंलाई व्यवसायीक तथा रोजगारमूलक वनाउनुपर्ने आग्रह गर्नुभयो । मैेथिली पेन्टिगंलाई समय सापेक्ष तथा अझ प्रभावकारी वनाउन तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार तथा प्रसार आवश्यक रहेको उहाँको भनाइ थियो ।
जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोले मिथिलाक्षेत्रको आफनै गरिमा ,इतिहास तथा उच्चमहत्व रहेकोले यसको संरक्षण आवश्यक रहेको छ भन्नुभयो । जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ का वडा अध्यक्ष राजनारायण साहले मिथिला पेन्टिगंको तालिमलाई रोजगारमूलक वनाउन तथा समाजिककाममा लाग्न प्रशिक्षर्थीहरुलाई आग्रह गर्नुभयो । मिथिला पेन्टिगं तालिम उपभोक्ता समितिका अध्यक्ष सुमित्रादेवी दासको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गरीवसँग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास तथा तालिमका प्रशिक्षक दिपाकमारीले पनि सो तालिमको उपयोगिता वोल्नुभएको थियो । ४५ दिने सो तालिम २१ नं वडाको करीव रु पाँचलाखको लागतमा वडास्तरीय वजेटवाट संचालन भएको थियो । सो तालिम २०८२ /१/१७ देखि २०८२/ २ /३० सम्म संचालन भएको समाजिक परिचालक दासले जानकारी दिनभयो ।

जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार
जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..
1 घन्टा पहिले
राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..
काठमाडौँ, चैत ३० गते । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..
3 घन्टा पहिले
भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन
काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..
14 घन्टा पहिले
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
धादिङ, चैत, २९ : सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। न..
14 घन्टा पहिले
मधेशका ६ कारागारमा क्षमता बन्दा बढी कैदी बन्दी
जनकपुरधाम , चैत्र २८ गते । मधेश प्रदेशका ६ जिल्लामा रहेका कारागारहरूमा आवश्यकता भन्दा बढी कैदी बन्दी भएका कारणले ..
2 दिन पहिले