Janakpurdham
Mon, Apr 13, 2026
`

वीरेन्द्रनगरमा ‘हेलो मेयर हटलाइन’ सेवा सुरु

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

सुर्खेत ,असार ४ गते । वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेको छ।

स्थानीय जनताको गुनासो, सुझाव र उजुरीहरूलाई सहज रूपमा संकलन गरी तिनको समाधानमा ध्यान दिनका लागि हटलाइन सेवा सञ्चालनमा ल्याइएको हो ।

यस सेवामार्फत नगरवासीहरूले अब निःशुल्क रूपमा टोल फ्री नम्बर १८१०५०००२५२ मा सम्पर्क गरेर सिधै नगरपालिकासँग कुराकानी गर्न सक्नेछन्।

नगर प्रमुख मोहनमाया ढकालका अनुसार जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो। 

हामीले ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेका छौँ, नगरप्रमुख ढकालले भनिन्, ‘जसको नम्बर हो १८१०५०००२५२ यस सेवामार्फत नगरवासीहरूले सिधै आफ्नो गुनासो, सुझाव वा उजुरी हामीसम्म पुर्‍याउन सक्नुहुन्छ। यसले हाम्रो सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने विश्वास लिएका छौँ।ञ

नगरपालिकाका अनुसार गुनासा प्राप्त भएको २४ घण्टाभित्र प्रारम्भिक जानकारी तथा आवश्यक कार्य अगाडि बढाइनेछ।

हटलाइन सेवा हाल कार्य दिवसमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

 


साभार : नेपाल प्रेस

 

`
12 comments
राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..

काठमाडौँ, चैत ३० गते ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..

1 घन्टा पहिले

भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..

12 घन्टा पहिले

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

धादिङ, चैत, २९ : सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। न..

12 घन्टा पहिले

मधेशका ६ कारागारमा क्षमता बन्दा बढी कैदी बन्दी 

जनकपुरधाम , चैत्र २८ गते । मधेश प्रदेशका ६ जिल्लामा रहेका कारागारहरूमा आवश्यकता भन्दा बढी कैदी बन्दी भएका कारणले ..

2 दिन पहिले

श्रममन्त्रीमा रामजी यादव र उद्योगमन्त्रीमा गौरीकुमारी ..

काठमाडौं, चैत २७ : प्रधानमन्त्री बालेन्द्र शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।  प्रधानमन्त्री श..

2 दिन पहिले