Janakpurdham
Mon, Apr 13, 2026
`

सीमा नाकामा कोरोनाको जोखिम कायमै

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

कञ्चनपुर ,असार ५ गते । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस ९कोभिड–१९० को जोखिम कायमै रहेको छ ।पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो ।

“भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,” सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भने, “एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ ।”सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा मात्रै पोजेटिभ आएको छ । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामीको स्वास्थ्य अवस्थामा बिहानको तुलनामा सुधार आएको बताए । उनी पुनः कोरोना भाइसको सङ्क्रमण बढ्न थालेपछि आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामी पहिलो भएको बताए ।

 
 
भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले मास्कको प्रयोगलाई बढावा दिने, स्यानिटाइजरको प्रयोग गर्ने कार्यसँगै स्वास्थ्यसम्बन्धीका सावधानी अपनाउनुपर्ने उनले उल्लेख गरे । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन कोरोनाको सङ्क्रमणमा परेका व्यक्तिहरुले क्वारेन्टिन वा होमआइसुलेसनमा इमान्दारिपूर्वक बस्नुपर्ने उहाँ सुझाव दिन्छन् । भारतसँग सीमा जोडिएका प्रदेशका पाँचवटा क्षेत्रमा ‘हेल्थ डेस्क’ मार्फत शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गर्दै आएका छन् । गत जेठ २१ देखि यही असार ४ गतेसम्म सीमानाका हुँदै फर्केका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये कोरोना सङ्क्रमण पुष्टि भएका १६ जना निको भएका छन् । अझै सातजना होम आइसुलेसनमा बसेर उपचार गरिरहेका छन् ।

साभार ः नेपाल प्रेस

 

 

`
12 comments
राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..

काठमाडौँ, चैत ३० गते ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..

1 घन्टा पहिले

भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..

12 घन्टा पहिले

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

धादिङ, चैत, २९ : सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। न..

12 घन्टा पहिले

मधेशका ६ कारागारमा क्षमता बन्दा बढी कैदी बन्दी 

जनकपुरधाम , चैत्र २८ गते । मधेश प्रदेशका ६ जिल्लामा रहेका कारागारहरूमा आवश्यकता भन्दा बढी कैदी बन्दी भएका कारणले ..

2 दिन पहिले

श्रममन्त्रीमा रामजी यादव र उद्योगमन्त्रीमा गौरीकुमारी ..

काठमाडौं, चैत २७ : प्रधानमन्त्री बालेन्द्र शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।  प्रधानमन्त्री श..

2 दिन पहिले