Janakpurdham
Mon, Apr 13, 2026
`

माधव नेपालकाे मुद्दामा थुनछेक बहस सकियो, आदेश आउँदै

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ११ : पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा थुनछेकसम्वन्धी बहस सकिएको छ।पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा आफैं बयानका लागि उपस्थित भएका थिए। बयान र थुनछेक बहस दुवै सकिएर अहिले आदेशको तयारी भइरहेको छ। पतञ्जलिको जग्गा खरिद प्रकरणमा अनियमितता भएको आरोपसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

अख्तियार र प्रतिबादीका वकीलहरुको वहश सकिएर अहिले इजलासबाट आदेश लेख्ने कार्य भइरहेको छ। विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान र थुनछेकसम्वन्धी बहस भएको थियो। पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो। नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउने वा थुना बाहिर राखेर पुर्पक्ष गर्ने भन्ने बिषयको टुंगो आजै लाग्ने भएको छ। 

साभार : काठमाडौं प्रेस

`
12 comments
भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..

10 घन्टा पहिले

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

धादिङ, चैत, २९ : सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। न..

10 घन्टा पहिले

मधेशका ६ कारागारमा क्षमता बन्दा बढी कैदी बन्दी 

जनकपुरधाम , चैत्र २८ गते । मधेश प्रदेशका ६ जिल्लामा रहेका कारागारहरूमा आवश्यकता भन्दा बढी कैदी बन्दी भएका कारणले ..

2 दिन पहिले

श्रममन्त्रीमा रामजी यादव र उद्योगमन्त्रीमा गौरीकुमारी ..

काठमाडौं, चैत २७ : प्रधानमन्त्री बालेन्द्र शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।  प्रधानमन्त्री श..

2 दिन पहिले

नवनिर्वाचित उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ..

काठमाडौँ , चैत्र २७ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसमक्ष नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले ..

2 दिन पहिले