Janakpurdham
Wed, Apr 15, 2026
`

धनुषा–३ मा कांग्रेसको वडा स्तरीय भेटघाट जारी : लोकतन्त्र जोगाउन कांग्रेस आवश्यक — नेता निधि

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम, माघ  २६ गते । धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका श्रद्धेय नेता विमलेन्द्र निधिसँग जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ का कांग्रेस कार्यकर्ता, सहयोगी तथा शुभेच्छुकहरूसँग वडा स्तरीय भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले मुलुकको संविधान र लोकतन्त्र हाल क्षतिग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई सही ट्र्याकमा ल्याउन कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताए। उनले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको रक्षा कांग्रेसबाट मात्र सम्भव हुने स्पष्ट पारे।

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका निधिले ढल्केबरदेखि जटहीसम्मको सिक्सलेन सडक आफू मन्त्री रहँदा निर्णय गरेर निर्माण प्रक्रिया अगाडि बढाएको जानकारी दिए। त्यस्तै, जनकपुर–जयनगर रेलमार्गलाई ब्रोडगेजमा रूपान्तरण गर्न भारतीय पक्षसँग पहल आफूले नै गरेको उनले बताए। पछिल्लो समय जनकपुर–अयोध्या हवाई सेवा सञ्चालनका लागि निरन्तर प्रयासरत रहेको समेत उनले जानकारी गराए।

नेता निधिले आफू गृहमन्त्री रहेका बेला जनकपुरधामलाई प्रदेशको राजधानी बनाउने निर्णय गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। भौतिक पूर्वाधारसँगै शैक्षिक क्षेत्रको विकासमा पनि आफूले विशेष योगदान पुर्‍याएको बताउँदै उनले राजर्षि जनक विश्वविद्यालयको स्थापना तथा विभिन्न विद्यालय भवन निर्माण आफ्नै पहलमा सम्पन्न भएको जानकारी दिए। साथै, किसानलाई सुविधा पुर्‍याउने उद्देश्यले जनकपुर क्षेत्रमा मल कारखाना स्थापना गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेता निधिको चुनाव परिचालनको नेतृत्व गरिरहेका प्रदेश सांसद एवं पूर्व प्रदेश मन्त्री रामसरोज यादवले संघीयता र संविधानको रक्षा गर्न नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरे। उनले धनुषासहित देशका विभिन्न क्षेत्रको विकासमा नेता निधिको उल्लेखनीय योगदान रहेको चर्चा गरे। सिक्सलेन सडकदेखि राजर्षि जनक विश्वविद्यालयको स्थापनासम्म निधिको भूमिका ऐतिहासिक रहेको यादवको भनाइ थियो। उनले नेता निधिलाई विजयी बनाउन सम्पूर्ण कांग्रेस एकढिक्का भएर अघि बढेको स्पष्ट पारे।

 

`
12 comments
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..

काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..

6 घन्टा पहिले

नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन था..

काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान ग..

6 घन्टा पहिले

जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार

जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..

1 दिन पहिले

राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..

काठमाडौँ, चैत ३० गते ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..

1 दिन पहिले

भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..

2 दिन पहिले