Janakpurdham
Fri, Aug 28, 2026
`

निगम भन्छ– नेपालले मासिक आवश्यकताअनुसार नै ग्यास आइरहको छ

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २९ : नेपाल आयल निगमले उपभोक्तालाई घरमा एलपी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन्।

शुक्रबार निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मनोज कुमार ठाकुरलेउपभोक्ताले अनावश्यक रूपमा ग्यास संचित गर्न थालेका कारण बजारमा अभाव भएको जस्तो देखिएको बताए। उनले हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको जानकारी दिए।

ठाकुरका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ र सो परिमाण बराबरको ग्यास नियमित रूपमा आइरहेको छ।

‘उपभोक्ताले भण्डारण गर्न थाले, हामीले आजसम्म जति खपत छ त्यती प्राप्त गरिरहेका छौ तर जुन घरघरमा होटेल, रेष्टुरेन्टमा संचिती भईरहेका छ त्यसका लागि अपुग छ आजको मितिमा पनि । हाम्रो तथ्याङकले के देखाउछ भने मासिक खपत नेपालको ४५देखी ४६ हजार मेट्रिक टन हो। त्यो हरेक महिना हामीले पाएका छौं। फागुनको २६ गते साढे ४५ हजार मेट्रिक टन ग्यास हामीकहाँ आइपुगेको अवस्था छ,’ उनले भने।

उनले उपभोक्तालाई ग्यास आपूर्ति सहज रहेको भन्दै अनावश्यक रूपमा घर, होटल वा रेस्टुरेन्टमा ग्यास भण्डारण नगर्न आग्रह गरे। अत्यधिक भण्डारण गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुने मात्र नभई दुर्घटनाको जोखिम पनि बढ्ने उनको भनाइ छ।

‘आम उपभोक्तालाई के भन्न चाहन्छु भने ग्यास आपूर्ती सहज छ। यसरी भण्डारण गर्दा अर्को जोखिम ननिम्ताउला भन्न सकिन्न। यो अतिप्रजलनशील पदार्थ हो। उपभोग्ता वर्गले घरमा भण्डारण गरी राख्दाखेरी त्यसले पुर्याउने जोखिम आकलन गर्न आम उपभोक्तालाई अनुरोध गर्न चाहन्छु,’ उनले भने।

प्रवक्ता ठाकुरले निगमको मुख्य भूमिका पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री–वितरण रहेको बताए। डिजेल र पेट्रोल आधिकारिक डिलरमार्फत बिक्री–वितरण भइरहेको तथा हवाई इन्धन भने निगमले आफैं वितरण गरिरहेको उनले जानकारी दिए।

एलपी ग्यासको हकमा भने निगमले ‘पीडीओ’ जारी गर्ने गरेको र सम्बन्धित उद्योगले भारतका ढुवानीकर्तामार्फत ग्यास ल्याएर वितरण गर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे। साथै नेपालमा ग्यास ढुवानीका लागि हालसम्म नेपाली ढुवानीकर्ता संलग्न नभएको पनि उनले बताए।

साभार ः काठमाडौं पे्रस

`
12 comments
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..

काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..

4 दिन पहिले

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..

5 दिन पहिले