Janakpurdham
Fri, Aug 28, 2026
`

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहलको माग

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थानीय युवा अमृत झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा आग्रह गरेको छ ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले २० चैत २०८२ (२० मार्च २०२६) मा परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै त्रियुगा नगरपालिका–११, गाईघाट निवासी ३३ वर्षीय मरीन इन्जिनियर अमृत झा इरानी रिभोलुसनरी गार्डको नियन्त्रणमा परेको भन्ने सूचनाले परिवार, स्थानीय समुदाय, सिङ्गो नगरपालिका र देशनै चिन्तित बनेको उल्लेख गर्दै अमृत झाको तत्काल सुरक्षित रिहाइका लागि अनुरोध गर्नुभएको हो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नगर प्रमुख बस्नेतले झा दुबईबाट इरान इन्धन बोकेर फर्किने क्रममा पर्सियन गल्फस्थित होर्मुज जलडमरू नजिकै नियन्त्रणमा परेका भन्ने जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ । त्यसयता उनको अवस्था र सुरक्षाबारे स्पष्ट सूचना नआएकोले परिवार तथा स्थानीय समुदायमा ठूलो चिन्ता बढेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले परराष्ट्र मन्त्रालयमार्फत इरान सरकारसँग आवश्यक कूटनीतिक पहल गरी झाको सुरक्षा सुनिश्चित गर्न तथा यथाशीघ्र रिहाइका लागि पहल गर्न अनुरोध गरेको छ ।

झाका बुवा र आमा त्रियुगा नगरपालिका–११ मै बसोबास गर्दै आएका छन् । नगरपालिकाले झाको सुरक्षित स्वदेश फर्काइका लागि आवश्यक पहल जारी राख्ने समेत जनाएको छ ।

 

साभार : रेडियो नेपाल

`
12 comments
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..

काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..

4 दिन पहिले

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..

5 दिन पहिले