Janakpurdham
Fri, Aug 28, 2026
`

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विजयी

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

जनकपुरधाम स्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा भएको खेलमा लुम्बिनीले कोशी प्रदेशलाई १४८ रनको फराकिलो रन अन्तरले र पर्साको वीरगञ्जस्थित नारायणी रङ्गशालामा भएको अर्को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको हो ।

जनकपुरधाममा टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले कप्तान देव खनालको ९२ र सन्तोष यादवको ४८ रनको मद्दतले ५० ओभरमा २४९ रन बनाएको थियो । २५० रनको लक्ष्य पछ्याएको कोशीले ३१.४ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो । कोशीको तर्फबाट अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए ।

बलिङतर्फ लुम्बिनीका सन्तोष यादवले ४, राजेन्द्र बलमले ३, निर्मल गुरुङले २ र सन्देश थापाले १ विकेट लिए । ४८ रन र ४ विकेट लिएका लुम्बिनी प्रदेशका सन्तोष म्यान अफ द म्याच भएका छन् ।

यस्तै, वीरगञ्ज स्थित भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको छ । टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन बनाएका थिए । कर्णालीको तर्फबाट विपिन रावलले ३३ तथा सुनिल धमलाले २८ रन बनाएका थिए ।

बलिङमा कर्णालीका हेमन्त धामीले ७ ओभरमा १६ रन खर्चेर ६ विकेट लिएका थिए । १ सय २० को लक्ष्य पाएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो ।

सुदूरपश्चिमको तर्फबाट किरण ढगुन्नाले सर्वाधिक २६, खडक बोहोराले २३ रन बनाएर आउट भएका थिए । मिलन बोहोराले १८ र शेर मल्लले १० रनमा नट आउट रहँदा टोलीले जित निकालेको हो । कर्णालीका अनुज चनारा र दिवान पुनले समान २ विकेट लिए । ६ विकेट लिएका धामी म्यान अफ द म्याच भएका थिए । प्रधानमन्त्री कप अन्तरगतको पहिलो र दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो ।

 

साभार : रेडियो नेपाल

`
12 comments
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..

काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..

4 दिन पहिले

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..

5 दिन पहिले