मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षतामा प्रदेश सभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले प्रदेश सभाको छैटौँ अधिवेशनको १४ औँ बैठक चैत्र १५ गते आइतबार बस्ने निर्णय गरेको हो ।
प्रदेश सभाको बैठकमा पेश गर्ने विभिन्न विषयहरूमा सर्वदलीय बैठकमा छलफल भएको छ । मधेश प्रदेश सभाको बैठकमा प्रदेश सभा सचिवालयमा दर्ता भएका मधेश प्रदेश सभा कार्यसञ्चालन नियमावली २०८२ को मस्यौदा समितिको प्रतिवेदन छलफलका लागि पेश गर्ने निर्णय भएको छ ।
यसका साथै विषयगत समितिको वार्षिक प्रतिवेदन, प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन र गाउँसभा, नगरसभा, जिल्ला सभा कार्यसञ्चालन कार्यविधि ऐन २०७७ संशोधन गर्ने विषयमा छलफल गर्ने निर्णय सर्वदलीय बैठकले गरेको मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले जानकारी दिनुभयो ।
प्रदेश सभाको बैठकमा प्रदेश नीति आयोग गठन तथा कार्यसञ्चालन ऐन २०७२ संशोधन गर्न बनेको विधेयक माथिको छलफल सम्बन्धि प्रस्ताव पेश गरिने भएको छ । प्रदेश सभाको जारी छैटौँ अधिवेशनमा मधेश प्रदेश सरकारले तयार पारेका केही अन्य विधेयकहरू पेश गर्ने विषयमा प्रदेश सरकारले तयारी गरिरहेको छ ।
साभार : रेडियो नेपाल
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
3 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
3 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
4 दिन पहिले
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..
काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..
4 दिन पहिले
मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..
काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..
5 दिन पहिले