Janakpurdham
Thu, May 28, 2026
`

कांग्रेस संस्थापनइतर समूहको बैठक बुधबार पनि बस्ने

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत १७ : नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक भोली (बुधबार) पनि बस्ने भएको छ।

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु भएको हो।

धुम्बाराहीको होटल स्मार्टमा बसेको बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको मत परिणाम, १५औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल भइरहेको छ।

कांग्रेसका नेता मान बहादुर नेपालीका अनुसार बैठकमा करिब ८३ जना केन्द्रीय नेताहरुको सहभागिता छ।

‘केन्द्रीय सदस्य ज्यूहरु करिब ८३ जनाको उपस्थितीमा बस्यो र भोली पजि बैठक निरन्तर जारी रहनेछ। बैठकमा १५ जना केन्द्रीय सदस्य साथिहरुले आफ्नो धारणा राख्नुभयो। विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिको वैधानिकता दिएको विषयलाई निर्वाचनपछि सर्वोच्च अदालतले फैसला नगरेसम्म पार्टीको आन्तरिक विषयलाई हामीले स्थगन राखेका थियौं,’ उनले भने।

उनले पार्टीभित्र वार्ता, संवाद तथा सहमतीको कुनै प्रयासहरु नभएको बताए।

बैठकमा नेता डा.शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत नेताहरु सहभागी थिए ।

 

साभार: काठमाडौं प्रेस

`
12 comments
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..

24 घन्टा पहिले

जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बज..

काठमाडौँ , जेठ १३ गते ।  सरकारले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते अपराह..

24 घन्टा पहिले

उखु किसानको भुक्तानी तत्काल दिन सरकारसँग सांसद सिंहको म..

काठमाडौं, जेठ १२ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी र मल अभ..

2 दिन पहिले

स्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरका..

काठमाडौं, जेठ १२ : प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आ..

2 दिन पहिले

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा डंगोल

काठमाडौं, जेठ ११ : सरकारले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको छ।&..

3 दिन पहिले