Janakpurdham
Fri, Aug 28, 2026
`

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत १९ : पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महाविर पुनले चार महिनासम्म मन्त्रीका रूपमा काम गर्दा शिक्षा क्षेत्रमा चरम राजनीतिकरण र विभिन्न विकृतिहरू देखेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रको समस्यालाई समाधान गर्न विद्यालय, कलेज र विश्वविद्यालयमा शुद्ध शैक्षिक वातावरण बनाउन आफूले पहल गरेको बताएका हुन्।

 

 

‘चार महिनासम्म मन्त्री भए र मन्त्रीको रुपमा काम गर्दा अनेकौं समस्याहरु चरम राजनीतिककरण र विकृतिहरु देखे। ति विकृतिहरुलाई हटाएर विद्यालय, कलेज र विश्व विद्यालयहरुमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिए,’ उनले भने।

यसक्रममा उनले ३ वटा विधेयकका मस्यौदा तयार गरी अध्यादेशमार्फत ल्याउने र ४ वटा नियमावली लागू गर्ने प्रयास गरेको बताए । तर त्यतिबेला कामचलाउ सरकार भएकाले ती प्रयास सफल हुन नसकेको उनले बताए।

‘माघ ६ गते उम्मेदवारी दर्ता गर्नु ४० घण्टा अघिसम्म पनि ती अध्यादेश र नियमावली ल्याउन मैले सक्दो प्रयास गरें, तर विधायन समितिबाट काम अगाडि बढेन,’ उनले भने ।

उनले तत्कालीन मन्त्रिपरिषद्ले ती प्रस्तावहरू अनुमोदन गरेर विधायन समितिमा पठाइसकेको भए पनि प्रक्रिया अघि नबढ्दा आफूले सोचेअनुसार सुधार गर्न नसकेको गुनासो गरे।

उनले आफूलाई राजनीतिज्ञभन्दा समाजसेवीका रूपमा प्रस्तुत गरेका छन्। ‘म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष–विपक्षभन्दा माथि उठेर निष्पक्ष हुनेछ,’ उनले भने।

पुनले आफूले प्रतिनिधिसभा चुनाव लड्ने सोचसमेत नरहेको बताउँदै २०८२ भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ पछि युवाहरूको आग्रहमा राजनीतिमा आएको उल्लेख गरे।

‘त्यतिबेला म ताप्लेजुङका गाउँ–गाउँमा किताब बेचिरहेको थिएँ, तर जेनजी भाइबहिनीहरूले मलाई शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए,’ उनले भने।

 

साभार : काठमाण्डौ प्रेस

`
12 comments
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..

काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..

4 दिन पहिले

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..

5 दिन पहिले