Janakpurdham
Sat, Sep 19, 2026
`

जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सम्पन्न

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख १३गते । छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालित सामुदायिक कुकुर बन्ध्याकरण तथा निःशुल्क रेविज खोप शिविर सम्पन्न भएको छ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर को प्राविधिक सहयोगमा वैशाख ११ गतेदेखि सुरु भएको शिविर वैशाख १३ गते सम्पन्न भएको हो।

शिविरमा २३० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएकोमा अपेक्षाभन्दा बढी २३४ कुकुरको सफलतापूर्वक बन्ध्याकरण गरी रेविज विरुद्धको खोपसमेत लगाइएको पशुपंक्षी विकास शाखाले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिँदै नगर प्रमुख मनोज कुमार साह ले छाडा कुकुरको बढ्दो समस्याले मानिस तथा पशुपन्छीमा जोखिम बढाउँदै लगेकाले यसलाई नियन्त्रण गर्न बन्ध्याकरण कार्यक्रम प्रभावकारी उपाय भएको बताए। उनले पशु स्वास्थ्य अधिकार सम्बन्धी कानुनी व्यवस्थाअनुसार कुकुर मार्न नमिल्ने भएकाले यस्तो मानवीय विधि अपनाइएको उल्लेख गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।

त्यस्तै, पशुपंक्षी विकास शाखाका डा. अमर कुमार साह ले सामुदायिक कुकुरको संख्या घटाउन तथा रेविजको जोखिम न्यून गर्न नियमित रूपमा यस्ता शिविर सञ्चालन गरिने जानकारी दिए।

छाडा कुकुरले बालबालिकालाई झम्टिने, रातिको समयमा आवतजावतमा असहजता सिर्जना गर्ने, साना पशुचौपायामा आक्रमण गर्ने र सडक दुर्घटनासमेत निम्त्याउने समस्या बढ्दै गएको स्थानीयवासीले बताएका छन्।

कानुनी प्रावधानअनुसार कुकुर मार्न नपाइने भएकाले बन्ध्याकरण र खोप नै दीर्घकालीन रूपमा प्रभावकारी समाधानका रूपमा लिइएको छ।

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

17 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

17 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

2 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

2 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले