मैथिली संस्कार र संस्कृतिको जगेर्नामा महोत्सव महत्वपूर्ण’
3 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ १ गते । आजदेखि जनकपुरधाममा सातौं संस्करणको “जनकपुर साहित्य महोत्सव” शुरु भएको छ । नेपाल सरकार, जनकपुरधाम उपमहानगरपालिका, क्याक्टसहित विभिन्न संस्थाहरूको सहयोगमा नव मिथिला फाउण्डेशनको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णले गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख कर्णले संस्कृति तथा संस्कारको पहिचान बोकेको जनकपुरधाममा साहित्य महोत्सव शुरु भएकोमा खुशी व्यक्त गर्दै महोत्सवले मैथिली–नेपाली तथा नेवारी भाषा तथा संस्कृति एवं संस्कारलाई जोड्ने किसिमको कार्यक्रमबाट राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका प्रसिद्ध उद्योगी एवं गैर आवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोले नेपाल समृद्ध देश बनेको हेर्न चाहेको उल्लेख गर्दै नेपाललाई समृद्ध बनाउन दृढ सङ्कल्प गरी सोहीअनुसार काम गर्न जरुरी रहेको बताउनुभयो ।
धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रतिनिधि सभाका सदस्य एवं महोत्सवका परिकल्पनाकार मनिष झाले नव मिथिला फाउण्डेशनले यस क्षेत्रको भाषा, साहित्य, संस्कृति, कला तथा उद्यमी एवं उत्पादनको प्रवद्र्धनका लागि तीन वटा महोत्सव गर्दै आएको बताउनुभयो ।
भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिनाले साहित्य महोत्सवले लोकगीत, परम्परा, संस्कृति तथा संस्कारको रक्षामा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नव मिथिला फाउण्डेशनका अध्यक्ष अमित साहले पनि बोल्नु भएको थियो ।
३ दिन हुने महोत्सवमा धरातल, संस्कृति तथा संस्कारको गर्दै समसामयिक विषयहरूमा बृहत् छलफल, चर्चा परिचर्चा, आलोचना, समालोचना, विचार विमर्श, गन्थन मन्थन, चिन्तन, बहस, एकल प्रवचन जस्ता गतिविधि हुने भएको छ ।
साभार: रेडियो नेपाल
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
2 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
2 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
3 दिन पहिले
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..
काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..
3 दिन पहिले
मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..
काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..
4 दिन पहिले